निदाइरहेका बेला एकपछि अर्को चित्र, विचार, भावना र संवेदनाहरू अचेतन रूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो। अनेकन प्रयास गरिए पनि कुनै व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ भन्ने ठोस निष्कर्ष प्राप्त भैसकेको छैन। सपना विशेष गरेर Rapid Eye Movement (REM) निद्राको स्थितिमा देखिन्छ। सपना विभिन्न किसिमका हुन्छन्, जस्तै कि डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी। यहाँ हामी यौन सपनाका बारेमा तपाईंकै चासोको सेरोफेरोमा रहेर कुरा गर्छां। यस्तो च्भ्ः स्थितिमा यौनाङ्गमा रगत भरिन्छ र पुरुषको लिङ्ग उत्तेजित हुन्छ भने अनि महिलामा पनि योनिश्राव हुन्छ।
यौनसम्बन्धी कुरा हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्छौं तर यौनसम्बन्धी कुरा निदाएका बेला पनि निरन्तर रूपमा चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। पहिलो पटक यो किशोरावस्थामा देखापर्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ। दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ। यसलाई स्वप्नदोष भनिए पनि यौन सपना समस्या वा खराबी होइन। पूर्वीय समाजमा वीर्य खेर जान दिनु हुँदैन भन्ने सोच विद्यमान थियो र अहिले पनि छ। वीर्य खेर गए कमजोरी हुने, जीवन शक्तिमा ह्रास आउने विश्वास राखिन्थ्यो। त्यसगरी अन्य भागमा १८ औ १९ औं शताब्दी विवाह बाहिर वा धेरै मात्रामा वीर्य स्खलन हुनुलाई spermatorrhea भन्ने खराबीको संज्ञा दिइन्थ्यो र त्यसको उपचार गरिन्थ्यो।bed
यौन सपनाका सन्दर्भमा धेरै कुरा भए पनि माथि भनिएजस्तै यो कुनै दोष युक्त कुरा नभै स्वाभाविक रूपमा हुने कुरा हो। यौन सपनाले शरीरमा भएको यौन तनावलाई कम गर्न सहयोग गर्छ। यो यौन विकासको स्वाभाविक कुरा हो। किशोरावस्थामा यौन विकासका क्रममा धेरैले यसको पहिलो अनुभव गरे का हुन्छ। हस्तमैथुन वा यौनसम्पर्कको माध्यमवाट यौन तनावलाई शान्त पारिने उपाय नगरिएको स्थितिमा केही बढी देखिन्छ। अविवाहित वा यौन साथीस ँग छुट्टएिर बसेको व्यक्तिले यौन सपना देख्नु सामान्य हो।
कतिपय यस्ता यौन उत्तेजक सपना देखेर वीर्य स्खलन हुनासाथ ब्यूँझिन्छन् भने अर्को थरी वीर्य स्खलन हुनै लागेका बेला ब्यूँझिन्छन्। केहीको त निद्रै खुल्दैन र बिहान ब्यूँझिसकेपछि मात्र थाहा पाउँछन्। जे होस्, निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ। वीर्य यौ नाङ्ग क्षेत्रमा रहे संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूँझिएपछि लिङ्ग र अण्डकोष तथा वरिपरिका क्षेत्र साबुन पानीले धुनुपर्छ। तन्ना वा आफ्नो पहिरनमा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने कुराले पनि निकै चिन्ता उत्पन्न हुन्छ। अण्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ।
स्वप्नदोषका सम्बन्धमा उचित जानकारी नपाइने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन्। पक्कै पनि आफूलाई कुनै गम्भीर रोग लागेको शंका पनि हुन्छ। यसलाई अन्य कतिपय कुराहरूसँग जोडिन्छ। यसमा कुनै हानिकारक असर हुँदैन। बुझ्नुभयो होला यसमा केही गर्नुपर्दैन। अनावश्यक रूपमा उपचार गराउँदा आफूलाई होइन व्यवसायीहरूलाई मात्र फाइदा हुन्छ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.