अजिंगरले निल्दै थियो बाख्रो, तर निकालियो (भिडियोमा हेर्नुस्)

तपाईले अजिंगर देख्नु भएको छ ? सायद छैन होला । नेपालमा यति ठूला खालका अजिंगहरु विरलै पाइन्छन् । यी अजिंगर यति विशाल हुन्छन् कि एउटामा जनावरलाई सिंगै निल्ने क्षमता राख्छन् ।

भारतमा यस्तै घटना घटेको छ । जहाँ एक अजिंगरले बाख्रोलाई निलेको छ तर मानिसहरुले अजिंगरको पेटमा लगभग छिरिसकेको बाख्रोलाई निकालेका छन् ।

मध्य प्रदेशको सागर जिल्लाको ढानास्थित जैतपुर गाउँमा एक विशाल अजंगिरका कारण हंगामा भएको छ । १५ फिट लामो अजिंगरले एउटा बाख्रोलाई निलेको छ ।

यो विशाल अजिंगरबाट डराएका गाउँलेहरुले वन विभागलाई यसको खबर गरे । केही क्षणमा वन विभागको एक टोली सर्पलाई नियन्त्रणमा लिनका लागि सपेरालाई लिएर आए । अकील बाबा नाम भएका ती व्यक्तिले त्यति ठूलो सर्पलाई नियन्त्रणमा लिए । यो सवै हेर्नका लागि त्यहाँ हजारौ मानिस जम्मा भएका थिए । मानिसको भीडबाट बच्नका लागि अजिंगर एक खाल्डोमा पसेको थियो । तर अजिंगरलाई निकालियो ।

अजिंगर बाख्रो खान लागेका कारण सुस्त भएको थियो ।

१५–१६ फुटको एक अजिंगर बाख्रोलाई निलिरहेको देखेर मानिसहरु हैरान भएका थिए । यो सर्प यति ठूलो थियो की जसले १०–१२ वर्षको बालबालिकालाई निल्न पनि सक्थ्यो ।

अजिंगरलाई नियन्त्रणमा लिएसँगै उसले निल्दै गरेको बाख्रालाई निकालिएको छ । निल्दै गरेको अजिंगरको शरीरमा डोरिले बाधेर बाख्रा ओकल्न बाध्य बनाइएको थियो ।

बाख्रोलाई निकालिएपछि अजिंगरलाइए घना बन क्षेत्रमा लगेर छोडिएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.