काेरियामा दुर्घटनामा परि निधन भएका राजकुमारको शव नेपाल लाने तयारी

कृष्ण शर्मा/नारायण भुसाल,साैल।कोरियामा गत हप्ता शुक्रबार औद्योगिक दुर्घटनामा परी मृत्यु भएका राज कुमार बि.ककाे अबस्थाबारे अाज नेपाली राजदुताबासले कम्पनीमा गएर जानकारी लिएको छ । राजधानी सोल स्थित नेपाली राजदुताबासका सहचारी रमेश गैरेका अनुसार बि.क फर्निचरकाे मेसिनमा नै काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गएको बताए । उनका अनुसार बि.ककाे अबस्था,क्षती पुर्ती र ईन्सुरेन्स बाट पाउने सुबिधा बारे कम्पनी तथा ईन्सुरेन्स कम्पनी सँग छलफल भएकाे र कम्पनी सकारात्मक भएकाेले सब लाई नेपाल पठाउने तयारी भईरहेकाे बताए ।

ईपिएस मार्फत तीन बर्ष अघि अाएका २८ बर्षीय बिकको फर्निचरमा काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गएको थियाे । पर्बत जिल्ला कुश्मा नगरपालिका पकुवा निवासी राजकुमार बि. कको शबलाई पोछन सि हुइरोवन हस्पिटलमा राखिएको छ।ख्याङगिदो पाेछन सुगुरी स्थित नेअाेफसु नामक फर्निचर कम्पनीमा कार्यरत थिए ।

बिकको मेशीनमा काम गरिरहेकाे समयमा दुर्घटनामा परि ज्यान गएकाे बताईएकाे छ । उनका श्रीमती र २ छाेरा छन् । उनलाई ५ दिन अघी मात्रै कम्पनीको फरक डिपाट मा सारिएको थियो ।साथै अाईतबार पर्वत समाज दक्षिण कोरियाका सदस्यहरू पनी कम्पनीमा गएर घटनाको बिषयमा बुझेका थिए ।

यस दु:खद घडीमा उनको परिवार प्रति ईश्ववरले धैर्य धारण गर्ने शक्ति प्रधान गरून् तथा मृर्त आत्मा को चिर शान्ती मिलोस । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी सन् २००८ यता दर्जन बढी नेपालीले ज्यान गुमाईसकेका छन् भने धेरैले अंग समेत गुमाउनुपरेकाे छ ।

केही दिन अघि गाेरखाका सुनिल अधिकारीले आत्महत्या गरेका थिए । पछिल्लो समय काेरियामा नेपालीहरूकाे संङख्या बढे सगै कोरियामा कम्पनी दुर्घटनामा परी र सुत्दा सुत्दै मृत्यू हुने साथै आत्महत्या गर्नेकाे क्रम पनी बढ्न थालेको छ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.