सलमान र प्रभास अब एउटै फिल्ममा

बाहुबली सिरिजको सफलता पछि अभिनेता प्रभास दक्षिाण भारतका चर्चित र माग बढेका अभिनेता बनेका छन् । प्रभासलाई लिएर सिनेमा बनाउन बलिवुड निर्माता र निर्देशकहरु पनि आतुर भएका छन् । तर प्रभास भने दक्षिण भारतको काम नसकाएसम्म बलिवुडमा आउने मुडमा छैनन् ।

बलिवुड निर्देशक रोहित शेट्टी पनि आफ्नो आगामी प्रोजेक्टमा प्रभासलाई लिन चाहन्छन् । रोहितको आगामी सिनेमामा प्रभाससँगै सलमान हुने कुरा छ । तर यसका लागि भने रोहितले केही समय कुर्नु पर्ने देखिन्छ । किनकी अहिले सलमान र प्रभास दुवै जनासँग सिनेमाहरु लाईनमा छन् ।

उता प्रभास यतिबेला सिनेमा ‘साहोँ’को काममा जुटेका छन् भने यता सलमान खान ‘ट्यबुलाईट’को छायाकंन सकेर ‘टाईगर जिन्दा है’ को छायाकंनमा व्यस्त छन् । ‘टाईगर जिन्दा है’ को छायाकंन सकेसँगै सलमान होम प्रोडक्शनमा सिनेमा ‘दवंग ३’ को काममा लाग्नेछन् । यो अवस्थामा सलमान र प्रभासलाई लिएर रोहितले बनाउने सिनेमा सन् २०१९ भन्दा अगाडि आउने सम्भावना अत्यन्तै कम छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.