भीषण आँधीहुरीबाट बर्दियामा ११ घाइते : ३०० भन्दा बढी घरमा क्षति

बर्दिया, ३ जेठ । बर्दियामा आँधीहुरीबाट ११ जना घाइते भएका छन् भने करिब ३०० भन्दा बढी घरमा क्षति पुगेको छ । आज बिहान एक्कासि आएको आँधीहुरीका कारण गुलरिया नगरपालिका–९ को खालेपुरुहवामा आठ व्यक्ति घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यहाँ २५० भन्दा बढी घरहरु क्षति भएका छन् ।

यसैगरी वडा नं १० को कालाबन्जार गाउँमा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १३ वर्षीय बालक अजित चमारको टाउकामा गम्भीर चोट लागेको राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला संयोजक धनेश कुमार यादवले जानकारी दिनुभयो । source: etajakhabar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.