त्रिवि परीक्षा अनिश्चित,कक्षा ११ र १२ को परीक्षा पनि स्थगित


वैशाख १७ । त्रिभुवन विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका सबै परीक्षा स्थगित भएका छन् । तर, त्रिवि प्रशासनचाँहि वैशाख २० पछि खुल्ने भएको छ ।

त्रिभुवन विश्व विद्यालयले सूचना जारी गरी सञ्चालन भैरहेका र वैशाख महिनामा सञ्चालन हुने भनिएका सबै परीक्षा स्थगित भएको जनाइसकेको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरुको पठनपाटन पनि एक साताको लागि बन्द गरिएको छ । बन्द रहेको पठनपाठन बैशाख १३ देखि एक साताको लागि बन्द गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
यस्तै, प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद अन्तर्गतको सवै परीक्षा स्थगित गरिएको छ । सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सूचना सार्वजनिक गरी डिप्लोमा तहका सवै परीक्षाहरु स्थगित गरिएको जनाएको हो ।
सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी वैशाख १९ पछिकमा समेत सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशित नगरिएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
सीटीईभीटीले यसअघि नै सूचना जारी गरी वैशाख १३ गतेदेखि वैशाख १८ गते सम्मका परीक्षा स्थगित गरिएको जनाएको थियोे । वैशाख १२ गते गएको भूकम्प र त्यसपछिको परिस्थितिको कारण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
कक्षा ११ र १२ को परीक्षा पनि स्थगित
उच्च माध्यामिक शिक्षा परिषद अन्तर्गतको कक्षा १२ को वाषिर्क परीक्षा पनि भूकम्पको विषम परिस्थितिको कारण जनाउँदै स्थगित गरिएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी गरी जेठ १ गतेदेखि सुरु  हुने भनिएको कक्षा ११ को वाषिर्क परीक्षा पनि स्थगित गरिएको जनाएको छ ।
११ र १२ कक्षाको वाषिर्क परीक्षाको समय तालिका न्यूनतम १५ दिनको समय दिई पछि प्रकाशित गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सेवा आयोगका परीक्षाहरु पनि स्थगित
त्रिभुवन विश्व विद्यालय सेवा आयोगको परीक्षा पनि स्थगित गरिएको छ । त्रिवि सेवा आयोगको कार्यालयले अन्त्यन्त जरुरी सूचना जारी गरी संकटग्रस्त अवस्थालाई मध्यनजर राख्दै परीक्षा स्थगित गरिएको जनाएको छ ।
यसअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरको निमित्त माग गरिएको प्रशासनिक तथा प्राविधिक पदहरुको लिखित परीक्षा वैशाख १८, १९ र २० गते हुने भनिएको थियो ।
नायव सुब्बाको परीक्षा स्थगित
भूकम्पको विपत्तिपछि लोकसेवा आयोगका सबै परीक्षा स्थगित भएका छन् । लोकसेवा आयोगको नायब सुब्बा अन्तर्गतको परीक्षा यही वैशाख २५ गतेदेखि थियो । तर, परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
परीक्षा सुरु हुनु भन्दा १५ दिन अघि सार्बजनिक सूचना जारी गरी जानकारी दिइने लोकसेवा आयोगले जनाएको छ ।
‘अधिकांश सरकारी भवन तथा परीक्षा केन्द्र राखिँदै आएका स्कूल र कलेजहरु क्षतिग्रस्त छन्,’ लोकसेवा आयोग परीक्षा शाखाका एक अधिकारीले भने, ‘स्थगित भएको परीक्षा कहिलेदेखि सुरु हुन्छ भनेर भन्न सकिँदैन ।’
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.