
म्यासेन्जर डटकम भनेर बनाइएको प्लेटर्फमको काम मात्र च्याट गुर्न हो । यसका लागि तपाईले आफ्नो फेसबुक अकाउन्ट खोलिरहेकै ब्राउजरमा म्यासेन्जर डटकम खोल्न सक्नुहुन्छ । यदि तपाईको फेसबुक अकाउन्ट खुला छैन भने मात्र तपाईले युजर नेम र पासवर्ड प्रयोग गर्नुपर्छ, अन्यथा पर्दैन् । फेसबुककै युजर नेम र पासवर्ड म्यासेन्जरका लागि पनि काम गर्छ ।
च्याट मा खुब रमौनेका लागि नयाँ प्लेटर्फमले ठूलो साइजमा सफा लेआउटमा च्याट गर्न सहज बनाइदिएको छ। जसले गर्दा तपाई फेसबुकको परम्परागत च्याटमा जस्तो सानो साइजको विन्डोमा अल्झिनुपर्दैन् । फेसबुक लगइन नगरी पनि तपाई म्यासेन्जरमा लगइन गरी च्याट गर्न सक्नुहुन्छ । तर, फेसबुकले तपाईंलाई म्यासेन्जर प्रयोग गर्न बाध्य भने पार्दैन् । अर्थात, तपाईले फेसबुकको मौजुदा प्लेटर्फमबाट पनि च्याट गर्न सक्नुहुन्छ, यदि तपाईलाई नयाँ प्लेटर्फम सजिलो लाग्यो भने नयाँबाट मात्र पनि च्याट गर्न सक्नुहुन्छ । अघिल्लो बर्ष फेसबुकले मोबाइल प्रयोगकर्ताका लागि बेग्लै म्यासेन्जर एप सार्वजनिक गरेको थियो । त्यसपछि फेसबुकले मोबाइलबाट फेसबुक च्याट अप्सन बन्द गरिदियो जसले गर्दा प्रयोगकर्ताले नयाँ म्यासेन्जर एप डाउनलोड गर्नैपर्ने बाध्यता भयो । फेसबुकले च्याटलाई केवल गफगाफका रुपमा सिमित नराखी सबैखाले कम्युनिकेसन रुपमा बिकाश गर्न खोजिएको जनाइएको छ । केही समय अघि मात्र फेसबुकले च्याटबाट पैसा पठाउन सकिने सुविधाको घोषणा गरेको थियो ।