नेपाललाई देश–बिदेशबाट सहयोग प्राप्त हुदै


 बैशाख १३ ।  नेपालमा गोर्खा लाई आधार बनाइ आएको महाभूकम्पबाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै विश्वका विभित्र नेताहरु र अन्तर्राष्ट्रयि समुदायले सहयोगको घोषणा गरेका छन् ।
भारत, चीन, पाकिस्तान, अमेरिका, बेलायत र यूरोपियन यूनियनका सदस्य राष्ट्रहरुले सहयोग गर्न तयार रहेको जनाएका छन् ।
भारतबाट उद्धार सामग्री बोकेर आएको भारतीय वायु सेनाको एक टोली काठमाडौं आएको छ । अहिलो लटमा पाँच वटा विमानसहितको उद्धार टोली काठमाडौं आइपुगेको हो ।
नेपालस्थित अमेरिकी दूतावासले दश लाख डलर सहयोगको घोषणा गरेको छ । यस्तै अन्तर्राष्ट्रयि विकासका लागि अमेरिकी सहयोग एजेन्सीले उद्धार र खोजी टोली पठाएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले सहयोगका लागि नेपालसंग सम्पर्कमा रहेको बताएका छन् ।
चीनले ६२ सदस्यीय खोजी तथा उद्धार टोली नेपाल पठाएको जनाएको छ । नेपालमा भुकम्पले निम्त्याएको महाविपत्तीप्रति चीनले गहिरो दुअख व्यक्त गर्दै आवश्यक जस्तोसुकै सहयोगका लागि तयार भएको पनि जनाएको हो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले शनिबार अबेर समकक्षी रामवरण यादवलाई एक पत्र पठाउँदै यस्तो सहयोगको जानकारी गराएका हुन् । चीनबाट आउने टोलीमा करीब ६५ जना तालिमप्राप्त उद्धार टोली र अत्यावश्यक बन्दोबस्तीका सामग्रीसहितको विशेष विमान हुनेछ ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि नेपालमा गएको विनाशकारी भुकम्पले देशले भोग्नु परेको पिडाप्रति दुअख ब्यक्त गर्दै नेपाललाई आपतकालीन सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री क्यामरुनले ट्वीट गर्दै युकेले सकेजती सबैखालको सहयोग गर्न तयार रहेको बताएका हुन ।
नर्वेले भने ३० मिलियन व्रmोनर अर्थात् झन्डै ४० करोड रुपैयाँ पहिलो चरणमा तत्काल उपलब्ध गराउने जनाएको छ । नेपाल सरकारले भुकम्प पीडितलाई आपतकालीन सहयोग र अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रयि समुदायमा आग्रह गरे लगत्तै नर्वेका विदेश मन्त्री बोर्गे ब्रेन्द्रेले उक्त घोषणा गरेका हुन ।
विपदको घडीमा भुकम्प पीडित र प्रभावित परिवारप्रति गहिरो भावनात्मक निकटता रहेको जनाउदै उहाँले संयुक्त राष्ट्रसंघीय आपतकालीन सहायता नियोग सीइआ एफ, अन्तर्राष्ट्रयि रेडव्रmसमार्फत नेपाललाई आपतकालिन सहयोग उपलब्ध गराइसकेको र यूरोपियन युनियन र युएनडीएसी मार्फत नर्वेली उद्धार प्राबिधिक टोली नेपाल पठाउन तयारी अवस्थामा राखिएको जनाएका छन् ।
पाकिस्तानले आज उद्धार टोली पठाउने भएको छ । चार वटा सी १३० एयरव्रmाप्mट मार्फत् पाकिस्तानले ३० वटा अस्पतालको बेडलगायत उद्धार सामग्री पठाउन लागेको हो ।
एनआरएनका अध्यक्ष शेष घलेले भूकम्पको विपतमा परेकाको उद्धार र सहयोगका लागि दुई करोड दिने घोषणा गरेका छन् । उपाध्यक्ष भवन भट्टले एक करोड सहयोगको घोषणा गरेका छन । विदेशमा रहेका सबै नेपालीलाई नेपालमा परेको विपत्तीमा सहयोग गर्न एनआरएनले अपील गरेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.