महिला असुरक्षा एप

२१ चैत, हाल आएर हाम्रो समाज मा एक पछि अर्को  महिला हिंसा वा कुनै असुरक्षाको अवस्था आइरहेका छन् अब इनै घटनालाई मध्यनजर गर्दै एउटा अप्लिकेसन बनाइएको छ। यस्तो हुदा तपाइलाई तपाइकै  मोबाइल फोनले तपाईहरुको रक्षा  गर्न सक्छ ।
आफ्नो मोबाइल फोनमा सित्तैमा एउटा एप डाउनलोड गर्नुभयो भने तपाई आपत बिपतमा पर्दा एकपटक त्यो एप थिच्नासाथ तपाई खतरामा परेको जानकारी आफन्त र प्रहरीसम्म पुग्नेछ ।
तपाईको रक्षा गर्ने एपको नाम पनि रक्षानै हो । ओमन नेपाल नामक संस्थाले नेपालमै पहिलो पटक महिला हिंसा रोक्न रक्षा एप तयार पारेको हो ।
मोबाईल प्रयोगकर्ता, कुनै पनि महिलाले कुनै पनि ठाउँमा आफू जोखिममा परेको वा हिंसामा परेको बेला पावर स्वीच दबाउनासाथ सम्बन्धित ठाउँमा जानकारी पुग्ने ओमन नेपालकी सुमना दवाडीले बताइन ।
‘रक्षा एप निशुल्क रुपमा डाउनलोड गर्न पाइन्छ, यो हरेक महिलाले आफ्नो मोबाइलमा सेभ गरेर राखेपछि कुनै आपत पर्नासाथ पावर स्वीच दबाउनासाथ सम्बन्धित ठाउँमा लोकेसन सहित सूचना पुग्छ’ दवाडीले भनिन् ।
उनका अनुसार यो एपमा महिलाले कुनै सन्देश पहिलेनै टाइप गरेर सेभ गरेको हुन्छ । म अप्ठेरोमा परेँ, मलाई बचाऊ जस्ता कुनै पनि सन्देश टाइप गर्ने र त्यो सन्देशको तल आफन्त र महिला सेलको मोबाइल नम्बर सेभ गरेर राख्न सकिन्छ ।
‘कुनै पनि जोखिममा पर्नासाथ त्यो पावर स्वीच दबाउनासाथ सेभ भएका नम्बरहरुमा जोखिममा परेकी महिला रहेको लोकेसन सहित सन्देश पुग्द्ध र उद्दार सजिलै हुन सक्छ’ उनले भनिन् ।
यो एपमार्फत महिलाहरुले आफूले भोगेको हिंसा त्यसबाट सेयर गर्न सक्नेछन् । यो प्रबिधि मोबाइल प्रयोगकर्ता महिलाहरुका लागि उपयोगी हुने विश्वास सहित आफूहरुले विकास गरेका सुमनाले बताइन् ।
यो एप डाउनलोड गरिसकेपछि पावर स्वीच अन गर्न इन्टरनेटको आवश्यकता पर्दैन । इन्टरनेट नचलेको अवस्थामा पनि सन्देश प्रवाह हुन सक्छ । यो एप शनिवारदेखिनै डाउनलोड शुरु भइसकेको छ ।
नेपालमा यस्तो एप पहिलो पटक विकास भए पनि अन्य देशमा प्रयोग हुने गरेको छ । यो एप निर्माण गर्न आफूहरुले कतैबाट आर्थिक सहयोग नपाएको उनले बताइन् ।
सुमना तिनै युवती हुन्, जसले विश्वकै ख्यातिप्राप्त हार्वर्ड विश्वविद्यालयले विश्वभरका युवा स्वयंसेवीहरुबीच गत वर्ष गरेको अनलाइन मतदानको पाँचौ स्थानमा पुगेकी थिइन् ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्ने महिलामाथि हुने यौन हिंसा विरुद्ध अभियान चलाए बापत उनी सो प्रतियोगितामा छनौट भएका थिइन् । सार्वजनिक सवारीमा यात्रा गर्दा आफैंले भोग्नुपरको यौन सास्ती र दुव्र्यवहारपछि उनले यस विरुद्ध अभियान चलाएकी थिइन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.