कैदिबन्दीहरुद्धारा रक्तदान

 ११  बैशाख।  हाल पुर्वाञ्चलका संस्था संस्थाहरुमा देखिएको रगतको अभावलाई  मध्यनजर गर्दै सुनसरीको झुम्का स्थित पुर्वाञ्चल क्षेत्रीय कारागारमा एरिना टेलिभिजन इटहरीले बैसाख १० मा आयोजना गरेको रक्तदान  कार्यक्रममा  झुम्काका कैदि बन्धीहरुले रक्तदान गरेका छन् । कारागारको “ब्लक ए” र “ब्लक बी” मा रहेका २७० बढि कैदी बन्दी हरुले यसै साता रक्तदान गरेका हुन् । गत सोमबार र बुधबार एरिना टेलिभिजन इटहरीले कारागारको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी इटहरी सुनसरीको प्राविधिक सहयोगमा कारागारमा  भित्रै आयोजना गरेको रक्तदान कार्यक्रममा कैदी बन्धीहरुले स्वतस्फुर्त रुपमा रक्तदान गरे । कारागारको ब्लक ए मा सोमबार र ब्लक वि मा बुधबार रक्तदान कार्यक्रम भएको हो भने , ब्लक ए बाट १ सय ६१ र ब्लक बी बाट एक सय नौ जना कैदिबन्धी सहभागी भएका हुन् ।
कारागारको घेरा भित्र गुम्सीएर बसेका कैदी बन्दीहरुलाई समाजमा रुपान्तरण हुन यस्ता कार्यक्रमले सहयोग गर्ने हुदा पनि कारागारका कैदीबन्दीहरु उत्साहित भएको कारागार “ब्लक ए” का   चौकीदार ताराकुमार नेपालले बताउनुभयो ।
ब्लक बी का चौकीदार तारा राई सञ्चार माद्यममा रगत अभावको समस्या सुनिएको हुदा त्यो अभावलाई केही हद सम्म सहयोग गर्ने उद्येश्यले रक्तदान गरिएको बताउनुहुन्छ । साथै एरिना टेलिभिजनले कारगारमै आएर रक्तदान जस्तो कार्यक्रम आयोजना गरिदिँदा रगत अभावका लागि छटपटाइरहेका विरामीलाई सहयोग गर्ने अवसर मिलेको राईको भनाइ छ ।
सामान्यत कारगार भन्ने वित्तिकै अपराधीहरुको थलो भनेर बुझीन्छ , वास्तवमा हो पनि , जानेर वा अन्जानमा अपराध गरि कानुनको नजरमा दोसी ठहरिएका ब्यक्तीहरुले सजाय भोग्नेका लागि कारागारमा कैद जिवन भुक्तान गरिरहेका हुन्छन् । त्यस्ता कैदीबन्दीहरुपनि कारागार भित्रै रहेर रत्तदान जस्तो सेवामुलक काम गर्न पाउदा सन्तुष्टि ब्यक्त गर्दछन् , आफुले दिएको रगतले अरुको ज्यान सम्म बच्न सक्ने हुदा रक्तदान गर्नपाउनु अवसरको रुपमा लिनुहुन्छ कैदीबन्दि कमल तामाङ , कैदी भन्ने वित्तिकै अपराधी भन्ने समाजको नकरात्मक धारणालाई चिर्नलाई पनि सहयोग पुगेको तामाङको धारणा छ ।

कतिपय चाहि आफुले रक्तदान गर्दा अरुको जिवनमा त सहयोग पुग्छ नै आफ्नो स्वास्थ्यमा पनि फाइदा पुग्ने बताउछन् , रगत दिदा आफ्नो स्वास्थ्यमा असर गर्छ भन्ने पुरानो मान्यता गलत भएको भन्दै त्यस्ता भ्रम हटाउन पनी रगत दिनै पर्ने रत्तदान गर्ने कैदीबन्दीको भनाइ छ ।
विभिन्न किसिमका अपराधमा कानुनले दोसी ठहराएर बाहिरि संसार बाट अलग्गै बस्न बाध्य हुन्छन् कारागारका कैदिहरु , समाजमा त्यस्ता अपराधि भनेर चिनिएका ब्यक्तीहरुपनि सामाजिक कार्यहरुमा समहभागी भएर समाजलाई योगदान पुय«ाउन चाहन्छन । जसकारण सोमबार र बुधबार आयोजना गरिएको रक्तदानमा दुबै ब्लकका कैदीहरु खुसी भएर सहभागी भएका हुन् ।
नेपालमा अझैपनि कतिपय विरामीहरुले रगत अभावकै कारण ज्यान गुमाउनु परिरहेको छ , रगत दिदा कमजोर हुने लगायत अन्धविस्वासका कारण कतिपय ब्यक्तीहरु रत्तदान गर्न हिचकिचाउछन् , भने कतिपय चाहेर पनि रत्तदान गर्न पाउदैनन् , रेडक्रस सोसाइटी धरान साखाका प्राविधिक सुरेन्द्र पसाद साह रक्तदान गर्नाले स्वास्थ्यमा कुनै किसिमको बेफाइदा नहुने हुदा रक्तदान गर्नु जीवन दान गर्नु सरह भएको बताउनु हुन्छ ।
१८ बर्स उमेर पुगेका र ६० बर्ष नकटेका स्वस्थ ब्यक्तीहरुले रक्तदान गर्न सक्ने साह बताउनुहुन्छ ।
कारागारबाट संकलन भएको २७० पिन्ट रगत नेपाल रेडक्रस सोसाइटीको धरान स्थित ब्लड बैंक घोपा क्याम्पमा राखिएको छ ।

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.