गुगल द्वारा मोबाइल सर्च परिवर्तन

भोलि देखि तपाइँले गुगलमा केहि परिवर्तन देख्न पाउनुहुन्छ । तपाइँ आफ्नो मोबाइल फोन तथा ट्याब्लेटबाट केही खोज्दै हुनुहुन्छ र त्यसरी खोज्दा गुगलले देखाउने  गराउने नतिजामा तपाइँले खोजको वेबसाइट झ्वाट्ट देखा नपर्न सक्छ । तपाइँले गुगल सर्चमा खोजको वेबसाइट चर्चित नै किन नहोस् र तपाइँले खोजेका विषयवस्तुले युक्त किन नहोस् तर गुगलको सर्च रिजल्टमा त्यो देखा नपर्न सक्छ । यसको कारण हो गुगलको सर्च इन्जिनमा हुन लागेको परिवर्तन ।
गुगलले त्यस्ता वेबसाइटलाई प्राथमिकता दिएर पहिलो पेजमै देखाइदिनेछ जो मोबाइल फ्रेण्डली छन् । गुगलले तय गरेको यस्तो मापदण्डमा नअट्ने वेबसाइटहरु चाहे निकै चर्चित नै किन नहोउस् तर सर्च पेजमा प्राथमिकता पाउने छैनन् र निकै तल मात्र भेटिनेछन् ।
तर  गुगललको यो  कार्यक्रम  डेक्सटप तथा ल्यापटपमा भने लागु हुनेछैन । स्मार्टफोन र ट्याबलेटमा मात्र लागु हुनेछ । पछिल्ला दिनहरुमा स्मार्टफोन मार्फत इन्टरनेट चलाउने तथा ‘गुगलिङ’ गर्ने मानिसहरुको संख्या निकै बढेको हुँदा गुगलको यस्तो परिवर्तनले ‘युजर बिहेवियर’लाई प्रभावित गर्ने र त्यसले वेबसाइटका भिजिटरको संख्यामा पनि उल्लेख्य घटबढ गर्ने पक्का छ ।
गुगलको परिवर्तन कस्तो छ त ?
१. गुगलद्वारा तय गरिएको मापदण्डमा फिट हुने वेबसाइटहरु यस्ता हुनुपर्नेछ की जो मोबाइल डिभाइसमा तुरुन्तै लोड हुन्छन् ।
२. वेबसाइटका ‘कन्टेन्ट’ पढ्नका लागि सजिलै सँग पेजको तल वा माथि ‘स्क्रल’ गर्न सकियोस् । बायाँ तथा दायाँ स्क्रलिङ हुनु यो मापदण्ड विपरित हुन्छ ।
३. वेबसाइटमा कुनै कार्यका लागि बनाइएका बटन यस्तो हुनुपर्छ जो सानो स्क्रिनवाला मोबाइलमा पनि सजिलैसँग देखियोस् र क्लिक गर्न सकियोस् ।
गुगलको यो परिवर्तनले त्यस्ता वेबसाइटलाई सबैभन्दा बढि समस्या हुनेवाला छ जो डेक्सटप भर्सनलाई ध्यानमा राखी बनाइएको छ । यस्ता वेबसाइटको ग्राफिक्सलाई मोबाइलमा लोड हुन धेरै समय लाग्छ । यसका अलावा यस्ता वेबसाइटको टेक्स्ट पनि सानो स्क्रिनमा  पूरै फिट नभै दायाँ बायाँ सार्नुपर्छ ।
गुगलले अचानक यस्तो परिवर्तन गरेको होइन । गुगलले केही वर्षदेखि डिजिटल प्लेटर्फमसँग सम्बन्धित कम्पनीहरुलाई आग्रह गरिरहेको थियो की उनीहरुले मोबाइल प्रयोगकर्तालाई ध्यान दिएर आफ्ना वेबसाइट बनाउन् किनकी धेरै मानिसहरुले मोबाइलमा सर्च गर्दछन् । यो नयाँ सर्च फर्मूलाको जानकारी पनि २ महिना पहिले दिइएको थियो । गुगलले हरेक वेबसाइटको नयाँ फर्मुला अनुरुप तयार गर्नका लागि निर्देशिका पनि जारी गरेको थियो र त्यो सँगै परीक्षण टुल्स पनि जारी गरेको थियो ।
विश्लेषकहरुका अनुसार गुगलको यो बदलावपछि एकपटक डिजिटल वल्र्डमा फेरि होहल्ला मच्चिने पक्का छ । यसभन्दा पहिले गुगलले सन् २०११ र २०१२ मा गुगल सर्च इन्जिनमा ठूलो परिवर्तन गरेको थियो र त्यतिबेला पनि विवाद भएको थियो । त्यस समयमा गुगलले दाबी गरेको थियो की उसको उद्धेश्य भनेको गलत वेबसाइटहरुलाई सर्च रिजल्टबाट बाहिर निकाल्नु हो । तर कतिपय वेबसाइटहरुले भने गुगलको उक्त परिवर्तनले आफ्ना वेबसाइट कन्टेन्टहरुलाई गुगल सर्च पेजमा खराब र्यांकिङ प्राप्त हुँदा आफुहरुलाई ठूलो नोक्सानी भएको दाबी गरेका थिए ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.