यौनप्रेम गर्ने मध्यम मात्र नभएर यो उपचारको पद्धति पनि हो । यौनमाको मामलामा तल्लिन मानिस अन्यको तुलनामा बढी स्वस्थ हुने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।ब्रिटिस अनुसन्धान कर्ताहरुले गरेको अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियाक्लापमा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम भएको पाइएको थियो । यो अध्ययन ९ सय पुरुषमा गरिएको थियो । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रुपमा पम्प हुन्छ जसबाट अक्सिजनको सप्लाइ पनि बढ्छ । यसबाट हृदय स्वस्थ रहन्छ । महिलालाई एन्डोमेट्रिओसिसबाट बचाउँछ नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ । यसले एन्डोमेट्रिओसिसबाट पनि सुरक्षा प्रदान गर्छ । एन्डोमेट्रिओसिस महिलामा हुने अर्को समस्या हो जसमा उनीहरुलाई पेल्बिसमा पीडा र इन्फटिलिर्टीको गुनासो हुन्छ ।
अनुसन्धानअनुसार यौन प्रक्रिया सक्रिय रहने महिलामा एन्डोमेट्रिओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेट्रिओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ । प्रोस्टेट क्यान्सरबाट जोगाउँछ अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ । यो रिसर्च २० वर्षको आयु वर्गका पुरुषमा गरिएको थियो । जसअनुसार सातामा पाँचपटकसम्म यौनको आनन्द उठाउने पुरुषमा प्रोस्टेट क्यान्सर हुने खतरा एक तिहाइ कम भएको पाइयो । राम्रो वर्कआउट यौनक्रियाले क्यालोरी नष्ट मात्र हँुदैन यसबाट तौल पनि घट्छ । साथै मल टोनमा पनि सुधार आउँछ । अध्ययनअनुसार यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र व्यक्तिले सधैं स्वस्थ महसुस गर्छ । राम्रो निद्रा आउँछ यौनमा आर्गेज्म –चरमसुख) प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्स श्रावित हुन्छ ।
यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूति महसुस गर्छ । अनुसन्धानअनुसार स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ । सेल्फ एस्टिममा वृद्धि र डिप्रेसनमा कमी यौन सक्रियताले आफ्ना पार्टनरप्रति सकारात्मक विचार बढ्छ । यसबाट सेल्फ एस्टिम बढ्छ र डिप्रेसन कम हुन्छ । यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ । यसका अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् । यसबाट उनीहरुको शरीरलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।
टाउको एवं शरीर, प्रि–मेन्स्ट्रुअल पीडा, आर्थराइटिस आदिबाट राहत प्राप्त हुन्छ । अध्ययनअनुसार चरमसुखका बखत अक्सिटोनिक र एन्डारफिन हार्मोन निस्कन्छ, जसले पीडामा राहत प्रदान गर्छ । यसका अतिरिक्त यौन जीवनबाट सुखी रहने महिलामा महिनाबारीको समयमा हुने पीडा कम हुन्छ । समग्रमा यौनले पेनकिलरको काम गर्छ । इम्युन क्षमतामा वृद्धि विभिन्न अनुसन्धानअनुसार सातामा दुई वा तीन पटकसम्म यौन प्रक्रियामा संलग्न रहनेहरुमा एन्टिबडीको स्तर बढ्छ । इम्युनोग्लोब्युलिन एले संरक्षकको कार्य गरेर शरीरलाई रुघाखोकी, साधारण ज्वरोका साथै अन्य संक्रमणबाट जोगाउँछ ।

अनुसन्धानअनुसार गहिरो चुम्बन लिनेहरुमा कोलेस्ट्रोल पनि कम भएको पाइएको थियो । स्ट्रेस फ्रि राख्ने काम गर्छ शारीरिक बिमारीका साथै तनाव, चिन्ता, अवसादजस्ता मानसिक विकारबाट शरीरलाई टाढा राख्न यौनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित यौनमा संलग्न रहने व्यक्तिले आफूलाई ऊर्जावान्, ताजा, स्फूर्त एवं तनावरहित महसुस गर्छन् । यौनका बेला निस्कने अक्सिटोसिन हार्मोन यसपछाडिको कारण हो । बैंस कायम राख्छ यौन विशेषज्ञहरुका अनुसार सातामा चार पटकसम्म यौनक्रियामा संलग्न रहने महिलाहरु आफूसरह उमेरका अन्य महिलाको तुलनामा ८ देखि १० वर्ष साना देखिन्छन् । यौनको समयमा मानव शरीरको इन्सुलिन ग्रोथ फ्याक्टरबाट यस्तो पदार्थ निस्कन्छ जसले शरीरलाई मेन्टेन गर्न र मुहारको मांसपेशीमा कसिलोपन ल्याउन मद्दत गर्छ ।
स्किनमा ग्लो सहवासले महिलाहरुको सुन्दरता बढ्छ, हार्मोन श्राव हुन्छ र रक्तप्रवाह पनि सुचारु रुपले चल्छ । यसबाट छालाको सुन्दरतामा निखार आउँछ । सम्पूर्ण शरीरमा छाएको मादकताले मुहारमा ग्लो प्रदान गर्छ । महिला शरीरमा एस्ट्रोजन नामक हार्मोन श्राव हुन्छ । यसले केशमा चमक एवं मुहारमा निखार ल्याउँछ । सुँघ््ने क्षमतामा वृद्धि सहवासपश्चात् प्रोलेक्टिन हार्मोन निस्कन्छ । यसले मस्तिष्कको लवको स्टेम सेल्समा नयाँ न्युरोन्स बनाउन प्रेरित गर्छ । यो नै स्लेम सेन्टर हुन्छ, यसबाट नै सुँघ्ने क्षमता पनि बढ्छ । काडिर्योभास्कुलरमा सुधार यौन संसर्गका बखत हृदय एवं स्वासको गति बढ्छ यसले काडिर्यो भास्कुलर स्वास्थ्यलाई फाइदा पु¥याउँछ । वजनमा नियन्त्रण वजन कम गर्न पनि यौनसम्बन्ध सहायक सावित हुन्छ । नियमित रुपमा यौनसम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरुमा पनि तनाव देखिँदैन । यसले मांसेपशीहरुलाई टोनिङ गर्ने कार्य गर्छ ।