मोटो हुनुहुन्छ? नो चिन्ता, अब मोवाइलले घटाउछ तपाँइको तौल

मोटो हुनुहुन्छ? नो चिन्ता, अब मोवाइलले घटाउछ तपाँइको तौल । भिजुअलाइज यु visualize You नामक स्मार्टफोन एपले मान्छेलाई दैनिक कार्यतालिकामा कुनै परिवर्तन नै नगरीकन स्लिम तथा स्मार्ट बनाइदिने दाबी गरिएको छ ।
वास्तवमा यो एपले तपाइँको वास्तविक तस्वीरलाई प्रोसेसिङ गर्नेछ अनि तपाइँ यदि अहिलेको भन्दा १० किलो जति कम तौलको भएको भए यस्तो देखिनुहुन्थ्यो भनेर सुधारिएको तस्वीर तयार गरिदिनेछ । यसबाट प्रयोगकर्तामा वजन घटाउँदा आफु निकै स्मार्ट देखिने कुराको महसुस हुने र त्यसले वजन घटाउन प्रेरणा मिल्ने बताइएको छ ।
एप डिजाइनरहरुका अनुसार यो एपमा चिकित्सकीय रुपमा प्रमाणित वैज्ञानिक विधिको प्रयोग गरिएको छ जसले व्यक्तिको तौल कति घटबढ हुँदा उसको विद्यमान जिउडालमा कस्तो परिवर्तन हुन्छ भन्ने कुरा तस्वीरमार्फत नै देखाउँछ ।
यस प्रकारका अन्य केही एपहरु समेत प्रचलनमा रहेका भएपनि त्यस्ता एपहरुमा तौलको घटबढ अनुसारको जिउडाल तयार गर्ने वैज्ञानिक विधिको प्रयोग गरिएको थिएन र सामान्य रुपमा तस्वीरलाई तन्काउने वा खुम्चाउने गरिन्छ । तर यो एपले भने कति तौल घटाउन आवश्यक छ तथा सम्भव छ र त्यति तौल कम गर्दा जिउ कस्तो बन्दछ भन्ने कुराको वैज्ञानिक तस्वीर तयार पार्दछ ।
यो एप प्रयोग गर्न पनि सजिलो छ । पोट्रेट साइजको आफ्नो तस्वीर खिच्नुहोस् र उक्त तस्वीरलाई भिजुअलाइज यु एपमा हाल्नुहोस् । त्यसका साथै तपाइँको उचाइ, तौल तथा कति वजन घटाउन चाहेको हो भन्ने कुरा पनि उल्लेख गर्नुहोस् । त्यति गरिसकेपछि उक्त एपले तपाइँको तस्वीरमाथि छाँटकाँट सुरु गर्छ र छिनभरमै तपाइँले घटाउन चाहेको वजन घटाइदिएर तपाइँको नयाँ स्वरुप तयार पारिदिन्छ ।
साथै तौल बढाउन चाहनेका लागि समेत यो एपले सहयोग गर्छ । अहिलेको भन्दा कति वजन बढाउँदा जिउ कस्तो बन्दछ भनेर समेत यो एपबाट हेर्न सकिन्छ । यसका साथै यो एपमा व्यायाम तथा पोषण सम्बन्धि जानकारी तथा निर्देशिका समेत उपलब्ध रहेको छ ।
अमेरिकाको कोलोराडो विश्वविद्यालय तथा क्लेभल्याण्ड क्लिनिकसँगको सहकार्यमा भिजुअल हेल्थ सोलुसन कम्पनीले यो एपको निर्माण गरेको हो ।
यद्यपि यो एप निशुल्क भने छैन । आइओएस तथा एन्ड्रोइड दुबै प्लेटर्फममा उपलब्ध यो एप डाउनलोड गर्न २ डलर शुल्क तिर्नुपर्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.