
यस एपले फेसबुक अकाउण्टको डिटेल लाई प्रयोग गरी कसले फोन गरिरहेको छ भन्ने कुरा पत्ता लगाउने र अनाबश्यक ब्यक्तिको कल ब्लक गर्न समेत सहयोग गर्नेछ ।
यो एपले आउने तथा जाने कल नम्बरलाई फेसबुक प्रोफाइलको डाटासँग म्याच गरी कलिङ गर्ने वा गरिने व्यक्तिको बारेमा जानकारी प्रदान गर्दछ । यसले ब्लक लिस्टमा भएका नम्बरहरुबाट फोन आएमा कलहरु आफै ब्लक गरिदिन्छ ।
यसका लागि फेसबुक अकाउण्टमा आफ्नो फोन नम्बर शेयर गरेको हुन आवश्यक छ , अन्यथा एपले जानकारी प्रदान गर्न सक्दैन ।
फेसबुकले हेल्लो एप हालका लागि अमेरिका, ब्राजिल तथा नाइजेरियामा मात्र परीक्षणका रुपमा उपलब्ध गराएको छ ।
यो एप प्रयोग गर्नका लागि स्मार्टफोनमा एप डाउनलोड गरेपनि फेसबुक साइन इन गर्नुपर्छ अनि आफ्ना कन्ट्याक्ट नम्बरहरुलाई फेसबुकमा सिंक्रोनाइज गर्नुपर्छ ।
त्यसपछि तपाइँको मोबाइलमा कसैले फोन गर्यो भने यो एपले कुन व्यक्तिले फोन गरेको हो भन्ने जानकारी दिन्छ, यदि तपाइँको मोबाइलमा उसको नम्बर तथा नाम सुरक्षित छैन भनेपनि ।
साथै यसले वाइफाइ इन्टरनेटको उपलब्धतामा निःशुल्क कलिङलाई समेत प्रबर्द्धन गर्ने बताइएको छ ।
फेसबुकको हेलो एपलाई अर्को चर्चित भ्वाइस कलर आइडी एप ट्रुकलरको प्रतिस्पर्धी मानिएको छ ।
फेसबुकले केही समय पहिले मात्र समाचार पढ्ने एप ‘पेपर’ तथा भिडियो शेयरिङ एप ‘रिफ’ सार्वजनिक गरेको थियो, जसले खासै सफलता प्राप्त गर्न भने सकेका छैनन् ।