चैत २४l पूर्वप्रधानमन्त्री तथा प्रमुख विपक्षी दलकी नेता
लाई भ्रष्टाचार निरोधक अदालतले आइतबार धरौटीमा छाडेको छ । पूर्वप्रधानमन्त्री जियाविरुद्ध भ्रष्टाचार नियन्त्रणका लागि गठित विशेष अदालतमा च्यारिटेबल फण्डमा करिब साढे ६ लाख अमेरिकी डलर बराबर आथिर्क हिनामिना गरेको आरोप छ।

जिया विशेष अदालतमा उपस्थित भएपछि आइतबार अदालतले उनलाई जमानत दिएको छ। उनका समर्थकले भने आरोप राजनीतिबाट प्रेरित रहेको बताएका छन् ।जियाको जमानतपछि १५ महिनायता चर्केको राजनीतिक तनाव मत्थर हुने संकेत देखिएको छ। कडा सुरक्षबीच जिया राजधानी ढाकास्थित अदालतमा जमानत माग्न उपस्थित भएकी थिइन्। उनलाई एक महिनाअघि पक्राउ पूर्जी जारी गरिएको भए पनि स्वास्थ्यका कारण्ँ अदालतमा उपस्थित भएकी थिइनन्। प्रधानमन्त्री सेख हसिना वाजेदलाई पदबाट हटाउन जियाको दल बंगलादेश नेसनलिस्ट पार्टी बिएनपीले लामो समयदेखि प्रदर्शन गर्दै आएको छ। बिएनपीसहित अन्य विपक्षी दलको गठबन्धनले सन् २०१४ जनवरीमा भएको चुनाव निष्पक्ष नभएको र व्यापक धाधली भएको भन्दै रद्द गर्नुपर्ने माग गर्दै आएका छन्। अदालतबाट निस्केर जिया कार्यकर्तालाई हात हल्लाउँदै निवासतर्फ लागेकी थिइन्।