अर्कै सग सल्किएको शंकामा श्रीमतीको यौनांगमा सुपर ग्लू

अत्याचारको हद पार गर्ने घटना दक्षिण अफ्रिकाको हो । साउथ अफ्रिकी न्यूज पोर्टल news24.com  का अनुसार बुसबक्रिज नजिकैको ग्वामटिला गाउँका ४५ वर्षका ती पुरुषलाई आफ्नी श्रीमतीको चाला देखेर शंका लाग्न थालेछ । स्वास्नीले अरु नै पुरुषसँग अफेयर चलाइरहेको र आफुलाई धोका दिइरहेको उनले लख काटे । परपुरुष पनि के भन्नु र ? श्रीमती आफ्नै कान्छो ससुरा अर्थात् ती पुरुषको काकासँग सल्किएको शंका उनलाई थियो ।
आगोमा घ्यू त्यसदिन थपियो जुन दिन काकाले उनकी श्रीमतीलाई गाडीमै चढाएर घरसम्म ल्याइदिए । आफुले शंका गरेको कुरा यथार्थ नै रहेको ठम्याई उनलाई भयो ।
उनले यो कुरा श्रीमतीसँग पटक पटक भने । श्रीमतीले इन्कार गरिरहिन् । उनले बारम्बार धम्की पनि दिने गरे । तर ससुरा बुहारीको हिमचिम घटेन । उनको रिसको पारो झनै तात्यो । अनि बदला लिने भन्दै एकदिन उनले आफ्नी ४० वर्षकी श्रीमतीलाई कोठामा लगेर थुने । ढोका लगाएपछि उनले हातमा चक्कु देखाउँदै श्रीमतीलाई सबै लुगा फुकाल्न अह्राए । सबै लुगा फुकालेर नांगै नबने घाँटी छिनालिदिने धम्की दिए ।
यसअघि पनि लोग्नेले यस्तै रिसमा आफ्नो हात काटिदिएको हुँदा त्यो मुर्खले जे पनि गर्नसक्ने डरले महिलाले जिउका कपडा फुकालिन् । पीडित महिलाले भनेकी छिन्, ‘जब मैले कपडा फुकालेा उसले मलाई उत्तानो परेर भुइँमा सुत्न लगायो । चक्कु देखाएर टाँग फैलाउन लगायो र मैले उसले भने बमोजिम गरेँ । जब मैले टाँट फट्टाएँ तब उसले मेरो योनीमा सुपर ग्लू खन्याइदियो ।’
ती पुरुषले पटक पटक श्रीमतीको गुप्तांगमा सुपर ग्लू पोतिरहेका थिए । श्रीमती चाहीँ त्यसो नगर्न भन्दै रोइकराइ गरिरहिन् । श्रीमतीको योनीमा भएभरको सुपरग्लू खन्याइदिएपछि लोग्नेचाहीँ भाग्यो ।
उनलाई छिमेकीले अस्पताल पुराए र अस्पतालमा उनको गुप्तांगको सुपर ग्लू निकालियो । तर सुपर ग्लू ले उनको यौनांगमा गहिरो घाउ बनाउनुका साथै क्षतिग्रस्त बनाएको रहेछ । समाचार अनुसार अब उनले कहिल्यैपनि यौन सम्पर्क गर्न सक्नेछैनिन् । पिसाब गर्न पनि उनलाई ठूलो कठिनाइ हुने गरेको छ ।
श्रीमतीको गुप्तांगमा ग्लू खन्याइदिएपछि भागेका लोग्ने फरार छन् । लोग्ने विरुद्ध मुद्दा दर्ता गराउन चाहेपनि ऊ फरार रहेकोले मुद्दा दर्ता गर्न नपाएको उनी बताउँछिन् । फेरि लोग्ने कहिले घरमा फर्केर आउँछ र घाँटी छिनालिदिन्छ भन्ने डर छ उनमा ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.