CPU पेनड्राइभ किन्नुहास् ,TV मै कम्प्युटर चलाउनुहोस्

इन्टरनेट बादशाह गुगल र ताइवानी कम्पनी एसस मिलेर पेनड्राइभ जस्तो एउटा यस्तो उपकरण ल्याउँदैछन् जसले कुनै पनि डिस्प्लेलाई पर्सनल कम्प्युटर बनाइदिन्छ ।अब कम्प्युटर किन्दा ठूलो र महंगो सिपियु किन्न आवश्यक पर्नेछैन, एउटा पेनड्राइभ किने पुग्छ । घरमा लगेर टिभी वा मोनिटरमा जोडेर त्यसलाई कम्प्युटर बनाउन सकिने छ ।
इन्टरनेट बादशाह गुगल र ताइवानी कम्पनी एसस मिलेर पेनड्राइभ जस्तो एउटा यस्तो उपकरण ल्याउँदैछन् जसले कुनै पनि डिस्प्लेलाई पर्सनल कम्प्युटर बनाइदिन्छ ।
‘कम्प्युटर अन स्टिक’ अर्थात् लठ्ठीमै कम्प्युटर भनिएको ‘एसस क्रोमबिट’ नामक उक्त उपकरण यो वर्षको मध्य अर्थात् जुन महिनासम्ममा सस्तो मूल्यमै बजारमा उपलब्ध हुनेछ ।
गुगलले आफ्नो ब्लग पोष्टमा भनेको छ, ‘क्यान्डी बारभन्दा सानो क्रोमबिट पूर्ण कम्प्युटर हो, जुन १ सय डलर (१० हजार रुपैयाँ) भन्दा कम मूल्यमा उपलब्ध हुनेछ ।’

गुगलले भनेको छ, ‘यो डिभाइसलाई कुनै डिस्प्लेमा जोडेर तपाइँले त्यसलाई कम्प्युटरमा बदल्न सक्नुहुन्छ । तपाइँसग भएको डेक्स्टप कम्प्युटरको यो पूर्ण स्तरोन्नती हो र यो स्कुल तथा व्यवसायका लागि साँच्चीकै उपयोगी हुनेछ ।’
क्रोम अपरेटिङ सिस्टमयुक्त यो फुच्चे कम्प्युटरमा दुई जिबी इन्टर्नल मेमोरी तथा १६ जिबी स्टोरेज क्षमता रहेको छ । यसमा एआरएम प्रोसेसर रहेको हुँदा चलाउँदा नतात्ने तथा कम उर्जा खपत हुन्छ ।
गुगलले सस्तो मूल्यका कम्प्युटरको बजार रहेको बिकाशील मुलुकहरुलाई लक्षित गरि यसको मूल्य निर्धारण गरेको छ । धेरै उर्जा खपत हुने, ओसारपसारका लागि समेत समस्या हुने परम्परागत ठूला कम्प्युटर सीपीयुभन्दा यो कम्प्युटर निकै उपयोगी हुने गुगलको बिश्वास छ । उसले अन्य उत्पादकसँग पनि मिलेर क्रोमबिटको उत्पादनलाई ब्यापक बनाउने योजना बनाइरहेको छ ।
अहिलेसम्मकै सस्तो ल्यापटप !
यसैवीच गुगलले चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हायर र हिसेन्स सँगको सहकार्यमा उत्पादन गरिएको अहिलेसम्मकै सस्तो क्रोमबुक ल्यापटपको समेत घोषणा गरेको छ । जसको मूल्य १४९ अमेरिकी डलर रहने बताइएको छ । यो ल्यापटपमा ११.६ इन्चको डिस्प्ले रहेको छ ।
गुगलले यसअघि एसर, लेनोभो, डेल तथा एलजीसँगको सहकार्यमा क्रोमबुक उत्पादन गरिसकेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.