स्तन आकर्सक बनाउने काइदा

स्तनमा सिलिकन राख्ने भनेको के हो ? कुन उमेरका महिलाले स्तनमा सिलिकन राख्न सक्छन् ? यो राखेपछि स्तन क्यान्सरको जोखिम हुन्छ कि हुँदैन ? बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ? सिलिकन राखेपछि के–के समस्या आउन सक्छन् ?

स्तनलाई महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ । स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन । विभिन्न देश र फरक–फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई सेक्सी मानिन्छ ।
स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । यो बिलकुलै कस्मेटिक कुरा हो । यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ । संसारमा बे्रस्ट इम्प्लान्ट सुरु भएको लामो समय भए पनि नेपालमा एक दशकअघिदेखि ब्रेस्ट इम्प्लान्ट गर्ने सर्जरी हुन थालेको हो । सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै पनि हानी नगर्ने विशेष प्रकारको रबर हो । यो राख्ने साह्रै कमलाई मात्र यसको एलर्जी हुने गर्छ ।
ब्रेस्ट इम्प्लान्ट प्लास्टिक सर्जनले गर्छन् । ब्रेस्ट इम्प्लान्ट गर्दा बेहोस गरेर, स्तनको मुनिपट्टि पाँचदेखि छ सेन्टिमिटरको घाउ पारेर सिलिकन राख्ने गरिन्छ । जसले गर्दा काटेको घाउमा सानो दाग बस्छ । स्तन झुण्डिँदा छोपिने भएकाले यो दाग सजिलै देखिँदैन ।
स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ । सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुनसक्छ । ४ सय ५० सीसी भनेको निकै ठूलो साइज हो । यो पोर्न फिल्ममा काम गर्ने कलाकारले मात्रै प्रयोग गर्छन् ।   नेपालमा सयदेखि २ सय ५० सीसी सम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको छ ।
१८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन् । ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन । उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ ।
इम्प्लान्ट गरिएको सिलिकन स्तनको तल्लो भागमा रहन्छ । स्तनको माथिल्लो भागमा बोसो, त्यसपछि मांसपेशी र त्यसभन्दा मुनि इम्प्लान्ट गरिएको सिलिकन बस्छ । इम्प्लान्ट गरिएको स्तनलाई पुरुषले सुमसुुम्याउँदा यौन उत्तेजना पहिलाजत्तिकै आउने र यसले दूध उत्पादनमा केही असर गर्दैन । बच्चालाई मज्जाले स्तनपान गराउन सकिन्छ । इम्प्लान्ट गरिएको सिलिकनले प्राकृतिक स्तनमा भएको मांसपेशी तथा बोसोलाई तलबाट धकेलेर पर्फेक्ट साइजमा देखाइदिने काम गर्छ ।
ब्रेस्ट इम्प्लान्ट गर्ने अपरेसन निकै होशियारीपूर्वक गर्नुपर्छ ।  यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै हो । इम्प्लान्ट गर्दा सिलिकन डल्लो प¥यो वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ । इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ । एक पटक राखेर निकालिसकेको सिलिकन पुनः प्रयोग गर्न मिल्दैन । कहिलेकाहीँ शरीरले राखेको सिलिकनलाई रिजेक्ट गर्न सक्छ । यस्तो अवस्थामा सिलिकन बसेको वरिपरिको भागको मांसपेशी कडा हुन्छ । यस्तो अवस्थामा सिलिकन निकाल्नुपर्ने हुन्छ । सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको उदाहरण अहिलेसम्म पाइएको छैन । स्तन क्यान्सर स्तनमा सिलिकन राखेका वा नराखेका दुवै थरी महिलालाई हुने गरेको छ । तर, सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन सकेको छैन ।
युरोप, अमेरिका र भारतमा स्तनमा सिलिकन भर्ने अपरेसन नेपालको तुलनामा निकै महँगो छ । एक पिस सिलिकनको नेपालमा ७० हजार रुपैयाँ पर्छ । नेपालमा दुई लाखमा हुने अपरेसनमा विदेशमा कम्तीमा पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.