नेपालकै एक यस्तो ठाउँ जहाँबाट नेपालका १५ जिल्ला र भारतको रुपैडिया समेत देख्न सकिन्छ

कुमाख धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल हो । यहाँ पुग्न सल्यान सदरमुकाम खलंगाबाट आठ घण्टा पैदलयात्रा गर्नुपर्छ । समुद्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरी गाउँको संगम पनि हो ।

कुमाख पहाडका विभिन्न स्थानमा रहेका दर्जनौँ गुफा आकर्षक पर्यटन केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा रहेका विभिन्न खालका आकृति असाध्यै सुन्दर छन्,’ उनले भने ।

स्थानीयले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरू बाँझकाँडाको मोख्ला र कालागाउँको थदरामा रहेको गुफाबाट निस्किएकाले यहाँका गुफा निकै लामा भएको अनुमान गरिन्छ । ‘बूढापाकाले गुफाको लम्बाइ पत्ता लगाउन ककुर पठाएको सुनाएका थिए,’ जिमालीका लीलाधर रेग्मीले भने, ‘तर, गुफाको ५० मिटरभन्दा तल कोही गएका छैनन् ।’ कुमाखको टुप्पोबाट १५ जिल्लाका भूभाग देख्न सकिन्छ । यहाँबाट भारतको रुपैडिहासम्म देख्न सकिन्छ ।

कुमाख पहाडमा उच्च पहाडी जंगलमा पाइने महत्वपूर्ण जडीबुटी, वनस्पति र फूल पाइन्छन् । त्यस्तै, दुर्लभ मानिएका चराचुरुंगी र जंगली जनावर पनि यहाँ पाइन्छन् ।
कुमाखमा दृश्यावलोकनका लागि ‘भ्यू–टावर’का रूपमा विकास गर्नसके आन्तरिक पर्यटनका साथै बाह्य पर्यटनको पनि राम्रो सम्भावना रहेको छ ।

कोजाग्रत पूर्णिमाको दिन यहाँ रहेको सिद्ध मन्दिर र त्यसदेखि केही तल रहेको जिमालीतर्फको समथर भूभागमा मेला लाग्ने गर्छ । मेलामा आसपासका विभिन्न गाउँका बासिन्दाले स्थानीय लोकसंस्कृति झल्कने टप्पा, सोरठी, पैसेरी, झाप्रे, सरिंगेजस्ता नाच प्रदर्शन गर्छन् । संरक्षण र पूर्वाधार निर्माण गरेर कुमाखलाई राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । nayabato

The post नेपालकै एक यस्तो ठाउँ जहाँबाट नेपालका १५ जिल्ला र भारतको रुपैडिया समेत देख्न सकिन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.