अनुष्काले रिसेप्सनमा लगाएकी थिइन् शुद्ध सुनको सारी, जान्नुहोस् यसको मूल्य

भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको बिहेको रिसेप्सन पार्टीमा अनुष्काले लगाएको बनारसी सारी निकै चर्चामा छ । अनुष्काले लगाएको रातो रंगको सारी बनारसको पीलीकोठी इलाकामा बनेको थियो । यो साडी बनाउने व्यवसायी मकबुल हसनका अनुसार यो सारी शुद्ध सुनबाट बनेको हो । यसलाई बनाउन ६ महिना समय लाग्छ । यसको मूल्य ५ लाख भारुभन्दा बढी पर्ने बताइएको छ ।

यसअघि ऐश्वर्या रायको सारी र अभिषेक बच्चनको शेरवानी पनि यही परिवारले बनाएका थिए । अमिताभ बच्चन पनि यहीँ बनेका सल मकाउँछन् । यो सारी बनाउनको लागि सबैभन्दा पहिले डिजाइनरले सारीको लेआउट बनाउँछन् ।

बनारसी सारीका एक्सपर्टले त्यो लेआउटलाई फाइनल सेटिङ गर्छन् । यसलाई बनाउन तीन कारीगर आवश्यक हुन्छ । कारीगर एक्लैले यो पूरा गर्न सक्दैनन् । सारी बनाउन करिब ६ महिना लाग्छ । यो अवधिमा बुनाइको ४५ दिन र फिनिसिङको १५ दिन पनि समावेश गरिएको छ ।

यो सारीको सबैभन्दा खास कुरा हो यो डिजाइन दोस्रोपटक हुबहु बनाउन सम्भव छैन । यो डिजाइनलाई अर्कै पहिरनको रुपमा फेरि उपयोग गर्न पनि सकिन्न । सारी बनाउनको लागि प्रयोग गरिने सुनको मसिनो तार १ किलोको १ लाख २५ हजार रुपैयाँ भारु पर्छ । एउटा सारी बनाउन झण्डै २५० ग्राम सुनको मसिनो तार आवश्यक पर्छ ।

The post अनुष्काले रिसेप्सनमा लगाएकी थिइन् शुद्ध सुनको सारी, जान्नुहोस् यसको मूल्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.