वाग्मती सफाइ महाअभियान दूतमा कोइराला

१ असार, काठमाडौँ । वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत हुनुभएको छ ।

सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको सफाइ अभियानकर्मी उमेश बोहराले बताए ।

कोइराला यही असार ३ गते सञ्चालन हुने २१४औँ हप्ताको सफाइ कार्यक्रमदेखि सहभागी हुने महाअभियानले जनाएको छ ।
नायिका कोइरालालाई सद्भावना दूतको प्रस्ताव पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसीले राखेका थिए । आगामी शनिबारको सफाइ त्रिपुरेश्वरमा हुने भनिएकामा थापाथली पुलमा गरिने भएको छ ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि हप्तामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ । यहाँबाट प्रभावित भएर हाल देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको महाअभियानले जनाएको छ । रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.