कांग्रेस कार्यकर्ता साह एमाले प्रवेश, यस्तो छ कारण

नेपाली कांग्रेसका तर्फबाट गाविस अध्यक्ष जितेका धनुषाका बेचन साह एमाले प्रवेश गरेका छन्।

आज बानेश्वरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराए।

२०४९को स्थानीय निर्वाचनमा उनी धनुषाको तल्लो गोदार गाविसको अध्यक्ष निर्वाचित भएका थिए भने २०५४ सालको निर्वाचनमा पराजित भएका थिए।

७३ वर्षिय साहले आफूलाई कांग्रेसले नै हराएको बताए, ‘पार्टीले नै मलाई हरायो, मविरूद्ध कांग्रेसले नै षडयन्त्र गर्‍यो।’

त्यसपछि भएका दुई संसदीय निर्वाचनमा भने आफूले कांग्रेस उम्मेद्वारलाई हराउन भूमिका खेलेको उनले सेतोपाटीलाई बताए।

‘२०५६ र २९६४को निर्वाचनमा मैले कांग्रेस उम्मेद्वारलाई हराइदिएँ,’ साहले भने, ‘२०७०को निर्वाचनमा प्रकाशमान सिंहजीको श्रीमती सिर्जना सिंहले पटक पटक आग्रह गरेपछि मैले सहयोग गरेँ। कांग्रेसको उम्मेद्वारले जित्यो पनि।’

यसपटकको चुनावमा फेरि कांग्रेस नेतृत्वले आफूलाई पाखा पार्न खोजेकाले एमाले प्रवेश गरेको बताए।source:setopati

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.