फेसबुक लाइ चुनौती दिने बन्दैछ स्मार्ट मेसेजिंग एप


इन्टरनेट जाएन्ट गुगलले नया स्मार्ट मेसेजिंग एप बनाइरहेको छ । वालस्ट्रिट जर्नलका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स नामक अत्याधुनिक पहिचान प्रविधिले युक्त उक्त स्मार्ट मेसेजिंग एपको सहायताले फेसबुकको मेसेन्जरका साथै ह्वाट्सएपलाई समेत पछार्ने लक्ष्य गुगलको छ ।
गुगलको उक्त मेसेजिंग एप मार्फत प्रयोगकर्ताहरुले एक अर्कालाई टेक्स्ट पठाउन सक्नेछन् र च्याटबोटको प्रयोग पनि गर्न सक्नेछन् । च्याटबोट भनेको यस्तो कम्प्युटर प्रोग्राम हो जसबाट कुनै प्रश्नको उत्तर खोज्नका लागि इन्टरनेट वा अन्य श्रोतको प्रयोग गर्न सकिन्छ ।
यो एपबाटै प्रयोगकर्ताहरुले सिधै गुगलमा आफुले सोधेको प्रश्न सोध्न सक्नेछन् र उत्तर प्राप्त गर्न सक्नेछन् । कुनै प्रश्नको उत्तर खोज्नका लागि च्याटिंग बन्द गरेर सर्च इन्जिनमा सर्च गर्नुपर्नेछैन ।
यो मेसेजिंग एपबाट गुगलले वास्तवमा एक पन्थ दुइ काज गर्न खोजेको छ । एकातर्फ उसले प्रयोगकर्ताको गुगल सर्च इन्जिनका प्रयोगकर्ताको संख्यालाई अझै बढाउन चाहन्छ भने अर्कोतर्फ मेसेजिंग एपमा आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ ।
यद्यपि गुगलको यो नयाँ एप कहिले आउने भन्ने बारेमा भने केही खुलाइएको छैन र गुगलले यस बारेमा केहीपनि प्रतिक्रिया जनाएको छैन ।
गुगल प्लस, गुगल ह्यांगआउट तथा गुगल मेसेन्जरलाई प्रयोगकर्ताले खासै मन नपराएको अवस्थामा गुगलको नयाँ एपप्रतिको आकर्षण कस्तो रहने हो, त्यो भने भविष्यले नै देखाउला ।
गुगलका वरिष्ठ अधिकारी निक फक्स सहितको टिमले नयाँ स्मार्ट मेसेजिंग एपको निर्माणमा तिब्र रुपमा काम गरिरहेको बताइएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.