प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता सुरु

पुष ७।  नेपाली सेनाको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ ।
प्रतियोगिताको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरे । नकआउट आधारमा खेलाइने प्रतियोगितामा नेपालका ८ तथा भारतका २ सहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
justify;">सहभागी टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल प्रहरीले पुर्वाञ्चललाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
यस्तै, हिजै सम्पन्न अर्को खेलमा मध्यमाञ्चलले मध्य पश्चिमाञ्चललाई ३–० गोल अन्तरले पराजित गर्‍यो ।
पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु ३ लाख हात पार्नेछ भने दोस्रो टोलीले १ लाख ५० हजार तथा तेस्रो हुनेले १ लाख हात पार्ने छन् ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्कुटर प्रदान गर्ने छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.