रोबोटलाई रिपोर्टर, पत्रकारको जागिर धरापमा

छिमेकी देश चीनको एक टेलिभिजन च्यानलले पहिलोपटक एक रोबोटलाई आफ्नो टेलिभिजन कार्यक्रम प्रस्तोतामा नियुक्त गरेको छ । शांघाइ ड्रयागन टेलिभिजनले जियाओआइस नामक रोबोटलाई रिपोर्टको जागिर दिएको हो ।
महिला पत्रकारको भेषमा रहेको यो रोबोटले विहानी पखको लाइभ शो मा दैनिक रुपमा मौसमका बारेमा रिपोर्टिंग गरिरहेको छ । रोबोटले टेलिभिजनमा रिपोर्टरको जागिर खान थालेपछि चीनमा अब पत्रकारको जागिर धरापमा पर्न थालेको गाइँगुइँ सुनिन थालेको छ ।
जियाओआइस नामक रोबोटलाई माइक्रोसफ्ट कम्पनीले मौसमी जानकारी दिनका लागि विकाश गरेको हो । यो रोबोटले गत मंगलबार देखि चिनिया टेलिभिजनमा जागिर खान सुरु गरेको हो । सुरुवाती दिनमै यसले आफ्नो कार्यक्षमताका कारण दर्शकलाई प्रभावित गर्न सफल भएकेा छ । आफुले टेलिभिजनमा जागिर पाएकोमा रोबोट निकै खुसी समेत छ र उसले भनेको छ मौसमको रिपोर्टिंग गर्ने मेरो जागिरमा म निकै खुसी छु ।
लिखित कुरालाई बोलीमा ढाल्नका लागि यो रोबोटमा एउटा आर्टिफिसिएल इन्टेलिजेन्स डिभाइस राखिएको छ । यसको सहायताले यो रोबोट मानिस बोलेजस्तै गरी लेखेको कुरा पढ्न सक्छ र यसको आवाज पनि मानिसकै जस्तो हुन्छ ।
रोबोटलाई टेलिभिजन प्रस्तोतामा नियुक्त गरिएसँगै पत्रकारको जागिर धरापमा परेको चिन्ता छाइरहँदा शांघाइ मिडिया ग्रुपका निर्देशकले भने चिन्ता गर्नु नपर्ने भन्दै ढाडस दिएका छन् । टेलिभिजन प्रस्तोतामा पत्रकारलाई हटाएर पूरै रोबोटलाई ल्याउने सोँच आफुहरुको नरहेको उनले प्रष्ट पारे ।
स्मरण रहोस् गत सेप्टेम्बर महिनामा चिनिया चर्चित कम्पनी टेन्सेन्टले एउटा यस्तो रोबोट बनाएको थियो जसले कुनैपनि कम्पनीको व्यवसायिक प्रतिवेदन केवल १ मिनेटमै तयार गर्न सक्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.