पुर्वमा सिमा स्तम्भको अनुगमन हुने ।


मंसिर २४ झापा 
भारतको विहार राज्य अन्र्तगत किशन गञ्ज जिल्लासँग जोडिएको झापाको दक्षिणी सीमावर्ती गाउ नगरपालिका क्षेत्रका सीमा पिलरको स्थलगत अनुगमन हुने भएको छ । 
पटक पटक झापाको दक्षिणी सीमा क्षेत्रका पिलर सहित दशगजा मिचिएको विवादसहितका घटना बाहिर आउने गरेको र सोहि दीर्घकालिन विवाद समाधानका लागी स्थलगत अनुगमन हुन लागेको हो । 
झापाको १०१ नम्बर पिलरदेखी शुरु हुन लागेको सीमा पिलरहरुको अनुगमनमा दुबै देशका अनसगमन टोलीको सहभागिता हुने जिल्ला प्रशासन कार्यलय झापाले जनाएको छ ।
नेपालको तर्फबाट नापी अधिकृत सुशिल डंगोल सहितको अनुगमन टोलीमा प्रशासन कार्यलय झापा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यलय झापा, जिल्ला प्रहरी कार्यलय झापा, नापी कार्यलय झापा, वन कार्यलय झापा लगायत ९ सदस्यीय टोली रहनेछ भने भारतको तर्फबाट पनि नापी अधिकृत सहित नौ सदस्यीय टोली खटिने छ ।
पहिलो चरणमा किशनगञ्ज जिल्लासँग जोडिएका झापाको भद्रपुर नगरपालिका देखि खजुगाछी गाउपालीका सम्म रहेको जंगे, मझौला र साना पिलरको अनुगमन हुने छ भने दास्रो चरणमा दार्जिलिङ सँग जोडिएका नेपालको सिमामा ररेको पिलरहरुको अनुगमन गरिने झापाका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
दुवै देशका संयुक्त अनुगमन १०१ देखि ११० सम्म पिलरको पहिलो चरणमा अनुगमन गरिने सशस्त्र बल सीमा सुरक्षा कार्यलय झापाका एसपी शान्किुमार कार्कीले बताउनुभएको छ । कार्कीका अनुसार सबैखाले गरि ८ सय ७८ वटा पिलर रहेका छन् । जसको क्षेत्रफल १ सय १८ किलोमिटर रहेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.