ला लिगाको उत्कृष्ट खेलाडी : मेस्सी

मंगसिर १५।  बार्सिलोनाका स्टार लिओनल मेस्सी स्पेनिस ला लिगाका प्लेयर अफ दि इयर र स्ट्राइकर अफ दि इयर घोषित भएका छन् ।
मेस्सीले टीममेट लुइस स्वरेज र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पारे । रोनाल्डोले गत सिजन ला लिगामा सर्वाधिक गोल गरेपनि मेस्सी नै उत्कृष्ट फवार्ड बनेका छन् ।
उत्कृष्ट गोलरक्षकमा बार्सिलोनाका ब्राभो र प्रशिक्षकमा बार्सिलोनाकै लइस एनरिके बनेका छन् । उत्कृष्ट डिफेण्डर रियल मड्रिडका सर्जिओ रामोस र मिडफिल्डरमा जेम्स रोडि्रग्वेज छन् ।
बार्सिलोनाका नेयमार ला लिगामा उत्कृष्ट अमेरिकन प्लेयर बनेका छन् । बार्सिलोनाले गत सिजन ला लिगाका साथै च्याम्पियन्स लिगसहित तीन उपाधि जितेको थियो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.