बोकाले दुध दिन थालेपछि

कुनैपनि काम असम्भव छ भनेर भन्नुपर्दा भनिन्छ, बोकाले दुध देओस् न यो काम होस् । साँच्ची बोकाले दुध दिने भन्ने कुरा असम्भव नै हुन्छ । तर यो कलियुगमा जे पनि सम्भव हुन्छ भन्छन् बुढापाका । सायद त्यहीँ भएर होला बोकाले पनि दुध दिन थालेको छ ।
घटना भारतको हो । भारतको उत्तरप्रदेश बुन्देलखण्डको जालौनक्षेत्रस्थित सिंहरा कांशिपुर गाउँमा एउटा बोकाले दुध दिन थालेपछि ठूलै तरंग उत्पन्न भएको छ ।
पप्पु नामको यो बोकाको एउटा थुन छ, जसबाट दुध र्झछ । बोकाले दुध दिन थालेपछि गाउँलेहरुले त्यसलाई मन्दिरमा लगेर राखेका छन् । बोकालाई हेर्नका लागि टाढाटाढाबाट मानिसको घुइँचो लागेको त्यहाँको दैनिक जागरण पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ ।
गाउँलेहरुका अनुसार यो बोकाले दिनको एक गिलास दुध दिन्छ । केही महिना पहिले यो पाठो गाउँमा देखापरेको थियो । केहीदिनसम्म त्यो मन्दिरको आसपास बस्यो । त्यसपछि मन्दिरका पुजारीहरुले त्यसलाई बाँधेर राखे । पाठो ठूलो हुँदैजाँदा त्यसको एउटा थुन देखापर्यो । थुन बढ्दै गयो । पुजारी तथा अन्य मानिसहरुले त्यसको थुन दुहुँदा त्यसबाट दुध र्झन थालेपछि सबै अचम्ममा परे ।
बोकाको थुनबाट झरेको दुध प्रयोगशालामा लगेर परीक्षण पनि गरियो । परीक्षणबाट उक्त दुध स्वस्थ तथा सामान्य बाख्रीको दुधजस्तै रहेको प्रमाणित भयो । गाउँलेहरुका अनुसार यो बोकाको दुध हालेर बनाइएको चिया निकै स्वादिष्ट हुन्छ ।
आखिर बोकाले दुध दिन थालेपछि भएन त यो दुनियाको आठौँ आश्चर्य ?
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.