रेडियोबाट पठनपाठन सुरु

पुष।  सरकारले शुक्रबार राती साढे सात बजेबाट यो वर्षको एसएलसी विद्यार्थी लक्षित गरी रेडियो नेपालबाट पढाई आरम्भ गरेको छ ।

भुकम्प र तराई आन्दोलनबाट प्रभावित करिब २२ लाख विद्याथीलाई लक्षित गरी कक्षा १० को पाठ्क्रममा आधारित कक्षा सबै विषयमा पठन पढाई शुरु गरेको हो । शैक्षिक जनशक्ती विकास केन्द्रले तयार गरेको पाठ्यक्रममा आधारित कक्षा शुरु गरिएको हो । 

केन्द्रका कार्यकारी निर्देशक सुर्य गौतमले फागुन अन्तिम सातासम्म कक्षा संचालन हुने भएको छ । पहिलो चरणमा १५ मिनेट अवधीको कक्षा संचालन हुने छ । 

शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले मन्तब्य जारी गरी पढाई आरम्भ गर्नुभएको थियो । 

तराईका आठ जिल्लाका स्थानीय एफएमबाट समेत पढाई सुचारु गर्ने गरी तयारी भएको छ । शिक्षा विभागका महानिर्देशक खगराज बरालले एसएलसी दिने विद्यार्थीको पाठ्यक्रममा आधारित कक्षा संचालन गरिएको जानकारी दिनभयो । भुकम्प र तराई आन्दोलन पिडीत विद्यार्थीलाई लक्षित गरी सुनाई कक्षा संचालन गरेपछि यस्ल कक्षा १० मा अध्ययनरत सबै विद्यार्थीले लाभा लिन सक्ने बताउनुभयो ।

सरकारले प्रदेश नम्बर २ लाई लक्षित गरी कक्षा संचालन गर्न आज सार्वजनीक सुचना जारी गरी एफएम छनौट गर्ने भएको छ । मन्त्रालयले एकैदिन एफएम र रेडियो नेपालबाट शिक्षण कक्षा संचालन गर्ने जनाएको थियो । एफएमबाट कार्यक्रम संचालन गर्न प्रकृया पुरा गर्नुपर्नेभएकोले केही ढिलो भएको हो प्रकृया पुरा गरी स्थानीय एmएम छनौट भएपछि पुन कार्यक्रम संचलन गर्नेछौ–मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले भन्नुभयो ।

रेडियोबाट संचालन हुने कार्यक्रम तालिका अनुसार आइतबार अंग्रेजी, सोमबार पहिलो र दोसा्रे हप्ता कक्षा १०को गणित, तेस्रो र चौथौ हप्ता कक्षा १० को स्वाथ्य जनसंख्या तथा वातावरण शिक्षा, मंगलबार हरेक हप्ता कक्षा १०को गणित, बुधबार हरेक हप्ता समाचार, सुचना रेडियो रिपोर्ट,प्रश्नोत्तर , लघुनाटक र जिंगल लगायत समसामयीक शैक्षिक गतिविधि संचालन गर्ने भएको छ ।

बिहीबार हरेक हप्ता कक्षा १०को सामाजिक शिक्षा, शुक्रबार कक्षा १०को नेपाली र शनिबार पहिलो हप्ता पाठ्यक्रममा आधारित रेडियो नाटक, दोस्रो हप्ता अन्तवार्ता सुचना जिंगल, तेस्रो हप्ता रेडियो नाटक र चौथौ हप्ता विद्यार्थी प्रश्नोत्तर ,सुचना र जिंगल प्रशारण गर्ने भएको छ । रेडियो नेपालबाट प्रशासण हुने कार्यक्रम बेलुकी ७ बजेको समाचारपछि प्रशारण गरिने शैक्षिक जनशक्ती विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आइतबार देखि शुक्रबार सम्म दिउसो साढे १ देखि र शनिबार दिउसो २ बजेको अंग्रेजी समाचारपछि प्रशारण हुने जनाएको छ ।

केन्द्रका अनुसार नेपाल टेलिभिजनले भने अनिवार्य विषयको मात्र पढाई गर्ने भएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारण अन्तर्गत बेलुकी साढे ५ बजे आइतबार र सोमबार अंग्रेजी, गणित र विज्ञान विषयका श्रब्यदृश्य पाठहरु प्रशासण गरिने भएको छ । नेपाल टेलिभिजनद्धार प्रशारण गरिने कार्यक्रमको अवधी २५ मिनेटको हुनेछ । 

केन्द्रका कार्यकारी निर्देशक गौतमले तराईका करिब ५६ हजार एसएलसी दिने र भुकम्पपिडित विद्यार्थीलाई लक्षित गरी दुर शिक्षा माध्यमबाट कक्षा संचालन गरिएको जानकारी दिनुभयो । शिक्षा मन्त्रीको १८ बुदे अवधारणा अनुसार रेडियो कार्यक्रम संचालन गरिएको हो । 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.