जाडोमा छाला जोगाउने ५ काइदा

जाडो भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन् ।
त्यस्तै, किड्नी तथा कलेजोको समस्या भएका वृद्धवृद्धामा जाडो मौसमा छाला फुट्ने लगायतका समस्या देखिन्छन् । बालकदेखि वृद्धवृद्धासम्म पीडित हुने यस समस्याबाट मुक्ति पाउन विभिन्न उपायहरु छन्ः
घिउ वा तेलमा तारेका खानेकुरा नखाने
सामान्यतया चिसो भएको बेलामा शरीरलाई तातो बनाउन तेलमा तारेको  खानेकुरा खाने गर्छांै । तर, यसमा एन्टी–अक्सिडियन्टको मात्रा न्यून हुने भएकोले यसबाट छाला चिलाउनेलगायतका समस्या देखिन्छन् । तसर्थ, जाडोमा छालालाई स्वस्थ बनाउन स्वभाविक चिल्लोयुक्त खानेकुरा खानुपर्छ । मौसमी फलफुलहरु जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ । मुम्बईस्थित छाला तथा चर्म रोग विज्ञ डा. अपर्ना सान्थाना भन्छिन्, ‘जाडोको समयमा त्यस्ता फलफुल खानुहोस् जसले छालालाई सुख्खापन हुनबाट बचाई चिल्लो बनाउँछ ।’ जैतुन वा नरिवलको तेलमा बनाएको खानेकुराले पनि शरिरको स्वभाविक चिल्लोलाई थप सहयोग गर्छ । जाडो याममा छाला सुख्खा भयो भने यसलाई निको हुन धेरै समय लाग्छ । तसर्थ मौसमी फलफूलबाट प्राप्त हुने एन्टि–अक्सिडेन्टले छालाका चायाँ लगायतका समस्याहरु निको पार्नुका साथै छाला कलिलो चम्किलो देखिन्छ । चिसोबाट बच्ने फलफूलहरु पनि पर्याप्त खानुहोस् ।
अनुहार र छालामा कपडा राख्दा बिचार पु¥याउनुहोस्
ऊनी र बढी तातो हुने लुगाहरुले पनि छाला चिलाउँछ र फुस्रो बनाउँछ । तसर्थ शरिरमा सबैभन्दा भित्र कटनको लुगा लगाएर मात्र उनीको सर्ट वा थर्मल भेस्ट लगाउनुहोस् । यसले तपाईँको छाला चिलाउने समस्या हट्छ र उनीको लुगाबाट हुने जुनसुकै एलर्जीबाट मुक्ती पाइन्छ ।
कडा साबुन र बढी गन्ध आउने मोश्चराईजेशन प्रयोग नगर्नुहोस्
तपाईँलाई मन पर्ने बढी गन्ध आउने मोश्चराइजरले तपाईँको छालालाई जाडो मौसममा अझै बढी सुख्खा बनाउन सक्छ । त्यसको सटा एलोभेरा (घिउकुमारी), ग्लिसिरिन, प्याराफिन इत्यािद मिसाएको नरम मोश्चराइजर प्रयोग गर्नुहोस् । तपाईँको छाला तेलीय हो भने जेल जस्तो लोसन लगाउनुहोस् । तर, यदि छाला अत्यधिक सुख्खा हो भने क्रिममा आधारित लोसन लगाउनुहोस् । छाला फुस्रो हुन सुरु भइसकेको छ भने चर्म तथा छाला विज्ञको सल्लाहमा औषधि प्रयोग गर्नुहोस् । जाडोमा मन तातो वा सम्भव भए चिसो पानी पर्याप्त खानुहोस् । करिब ५० प्रतिशत भन्दा बढी छालाको रोग पानी पिउँदा निको हुने भएकोले पर्याप्त पानी पिउन कन्जुस्याइँ नगर्नुहोस् ।
मन तातो पानीको सावर लिनुहोस्
जाडोको समयमा तातो पानीले मानिसको कोमल छालामा अशर हुन्छ भन्ने थाहा हुँदा हुदै पनि यसको अत्यधिक प्रयोग गर्छन् । तर, तपाईँ केही बेर तातो पानीमा नुहाउँदा दिउसभर शरिरको छालामा फुस्रोपन लगायतका समस्या आउँछ । बरु मनतातो पानी प्रयोग गर्नुहोस् । रगतको प्रवाहलाई पनि सुधार गर्ने भएकोले स्वास्थ्यका दृष्टिले पनि मनतातो पानी उपर्युक्त मानिन्छ । चिसो पानीले हातखुट्टा नधुनुहोस् किनकी चिसो पानीले तपार्इँ छालालाई दिउसभर सुख्खा बनाउँछ । छालालाई नरम बनाउनका लागि नुहाउनुअघि नरिवलको तेलले छालालाई मसाज गर्नुहोस् ।
फ्याटी एसिडको प्रयोग गर्नुहोस्
बारम्बारको मोश्चराइजको बाबजुद पनि गर्मीमा तपाईको छाला सुख्खा हुने गर्छ । मौसमी लोसनले केही हदसम्म यस समस्याबाट मुक्ती दिलाउने भए पनि चर्म तथा छाला रोग विज्ञको सल्लाह लिनुहोस् । विज्ञले तपाईलाई ओमेगा थ्री फ्याटी एसिड र भिटामिन ए खान सुझाब दिन्छन् । ओमेगा थ्री फ्याटी एसिडले मुटुको रोग, हाइपरटेन्सन, डायबिटिज, बाथलगायतका रोगको पनि उपचार गरिदिन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.