शिक्षक सेवा आयोगको नया परिमार्जन परीक्षा

शिक्षक पदमा स्थायी प्रतिस्पर्धाका लागि लिइने लिखित परीक्षा दुई सय पूर्णाङ्कको गरिने भएको छ । हाल एक सय पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन हुँदै आएको छ ।

मन्त्रिपरिषद्ले सरकारको दुई वर्षे कार्ययोजनालाई स्वीकृति प्रदान गरेको छ । उक्त कार्ययोजनामा शिक्षक सेवा आयोग नियमावली संशोधन गर्ने उल्लेख गरिएको छ । नियमावली संशोधन गर्ने यस सरकारी प्रतिवद्धताले शिक्षक पदको स्थायी प्रतिस्पर्धाका लागि सञ्चालन गरिने लिखित परीक्षालाई दुई सय पूर्णाङ्कको बनाउन बाटो खुला भएको हो ।

शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले हालको एक सय पूर्णाङ्क निकै कम भएको बताउँदै भन्नुभयो, “यो अपुग भएको महशुस गर्दै आएका छौँ । त्यसैले यसलाई दुई सय पूर्णाङ्क पु¥याउने योजनालाई अब कार्यान्वनतर्फ लैजान्छौँ ।”

लोक सेवा आयोगको लिखित परीक्षामा चार सय पूर्णाङ्कको व्यवस्था छ । शिक्षक सेवा आयोगले पनि शिक्षक पदका लागि लिइने परीक्षाको पूर्णाङ्क बृद्धि गर्न निकैअघि प्रयास गरे पनि त्यसलाई बढाउन स्वतन्त्रता नभएको भन्दै कार्य अगाडि बढाउन सकेको थिएन । हाल शिक्षक सेवा आयोगका काम कारवाही नियमावलीबाट सञ्चालित भएकाले छुट्टै ऐन आवश्यक भएको भनिदै आएको छ । आयोगले तत्काल ऐन प्राप्त हुन नसके पनि नियमावलीमार्फत संशोधनको कार्य अगाडि बढाउने भएको छ ।

शिक्षक पदका उम्मेदवारलाई हाल २० अङ्कको विषयगत, ५० अङ्कको संक्षिप्त प्रश्न र ३० अङ्कको लामो प्रश्न सोधिने गरिएको छ । आयोगका अध्यक्ष गौतमले अब विषयगत एक सय पूर्णाङ्क र अध्यापन सीपका बारेमा एक सय पूर्णाङ्कको परीक्षा सञ्चालन गर्न आवश्यक कानुनी व्यवस्था गरिने जानकारी दिनुभयो ।

हालसम्म शिक्षक पदका लागि लिखित परीक्षा एकै दिनमा सम्पन्न गर्ने गरिएकोमा दुई सय पूर्णाङ्क पु¥याइएपछि दुई दिन परीक्षा सञ्चालन हुनेछ । “दुई दिन परीक्षा सञ्चालन गर्दा आर्थिक दायित्व निश्चित रुपमा बढ्छ” उहाँले भन्नुभयो, “बजारमा जनशक्ति पर्याप्त छ र उनीहरुलाई ‘फिल्टर‘ गर्नु जरुरी छ । पूर्णाङ्क बृद्धि गर्दा बढी गुणस्तरीय शिक्षक छनोट हुुनसक्छन् ।”

आयोगले लिखित परीक्षाको उत्तीर्णाङ्क भने ३५ प्रतिशतलाई नै कायम गर्ने भएको छ । लोक सेवा आयोगमा पनि यसैलाई आधार बनाइएको छ । उहाँले शिक्षक पदका लागि आरक्षित कोटामा ३५ प्रतिशत अङ्क ल्याउन नसक्दा बर्सेनि थुप्रै पद गुमाउनु परेको जानकारी दिँदै भन्नुभयो, “लिखित परीक्षामा ३५ प्रतिशत पनि ल्याउन नसक्नेहरु छन् । त्यसैले उत्तीर्णाङ्कलाई बृद्धि गरिएमा कतिपय विषयमा उत्तीर्ण हुने शिक्षक नै उपलब्ध हुन नसक्ने अवस्था सिर्जना हुनसक्ने भएकोले हाललाई यही नै कायम रहन्छ ।”

आयोगले सञ्चालन गर्दै आएको स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा समेत विषयगत रुपमा सञ्चालन गर्ने योजनालाई अगाडि सारेको छ । शिक्षक बन्नका लागि २०६१ सालबाट यस्तो अनुमतिपत्रलाई अनिवार्य गर्दै परीक्षा सञ्चालन गरिँदै आएको छ । आयोगले हाल निम्न माध्यमिक तथा माध्यमिक तहमा मात्र स्थायी अध्यापन अनुमतिपत्र वितरण गर्दै आएको छ र जुन सुकै विषय अध्यापन गर्ने शिक्षकलाई एउटै प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गर्दै आएको छ ।

आयोगका अध्यक्ष ताना गौतमले जुन विषय अध्यापन गरिने हो सोही विषयमा परीक्षा लिई स्थायी अध्यापन अनुमतिपत्र वितरण गरिनुपर्दछ भन्दै थप्नुभयो, “त्यसैले यसमा विषयगत परीक्षा सञ्चालन गर्ने योजना बनाइरहेका छौँ ।” 

आयोगले हालसम्म आठ लाखभन्दा बढीलाई यस्तो अनुमतिपत्र वितरण गरिसकेको छ ।

आयोगले गत वर्षबाट स्थायी अध्यापन अनुमतिपत्रको लिखित परीक्षामा ५० प्रतिशत ल्याउनेलाई प्रमाणपत्र दिने व्यवस्था गरेको छ । त्यसअघि ४० प्रतिशत ल्याउनेले प्रमाणपत्र प्राप्त गर्दथ्यो । उहाँले गुणस्तरीय शिक्षक छनोटका लागि स्थायी अध्यापन अनुमतिपत्रको उत्तीर्णाङ्क ५० प्रतिशतबाट बढाउनुपर्ने भनाइ आए पनि हाल त्यसलाई बढाउने बारेमा नसोचिएको बताउनुभयो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.