एलियन हुनसक्ने भन्दै खोजीकार्य जारी

आकाशगंगा तारापुञ्ज भन्दा बाहिरबाट पाँच रहस्यमय रेडियो संकेत प्राप्त भएका छन्। ती रहस्यमय रेडियो संकेत कुन एलियन सभ्यताबाट आएको हुनसक्ने सम्भावना निकै बढी भएको वैज्ञानिकले बताएका छन्।
निकै छिटो छिटो प्राप्त भएका ती रेडियो संकेतलाई ‘फास्ट रेडियो बर्स्ट’ भनिन्छ। यी पछिल्ला ५ संकेतहरु अष्ट्रेलिया स्थित पार्केस रेडियो टेलिस्कोपले पत्ता लगाएको थियो। विश्वको अन्य ठाउँमा पनि यस्तै ६ अरु संकेत भेटिएको बताइएको छ।
के हो फास्ट रेडियो बर्स्ट (FRBs)
फास्ट रेडियो बर्स्ट त्यस्तो रेडियो संकेत हो जुन निकै छिटो अनि अनियमित ढंगले प्रसारण हुन्छ, त्यसैले त्यस्तो संकेत पत्ता लगाउन निकै गाह्रो हुन्छ साथै यस्तो संकेतको अध्ययन गर्न पनि त्यस्तै कठिन हुन्छ।
रहस्य यो छ कि त्यती छिटो तर अनियमित ढंगले कहाँबाट त्यस्ता संकेतहरु आए!
पहिलो FRB सन् २००७ मा रेडियो टेलिस्कोपले पत्ता लगाएको थियो। तर त्यो संकेत यति छोटो र अनियमित थियो कि वैज्ञानिकहरुलाइ कतै टेलिस्कोपकै खराबीले भएको हैन भनि पत्ता लगाउन वर्षौ लागेको थियो।
स्वीमवर्न युनिभर्सिटीकी इमिली पेट्रोफले ट्वीट गर्दै भनेकी छिन, ‘के भइरहेको छ हामीलाई थाहा छैन, तर हामीलाइ यति मात्र थाहा छ कि यो रोचक कुरा हो।’
वैज्ञानिकहरुले यो संकेत करोडौ प्रकाशवर्ष टाढा बाट आएको बताएका छन्। यो संकेत हाम्रो तारापुञ्ज आकासगंगाबाट भने नआएको वैज्ञानिक बताउँछन्।
२.४ मिलिसेकेन्डको फरकमा यी संकेतहरु प्राप्त भएको छ।
फास्ट रेडियो बर्स्ट (FRBs) के के कारणले हुन सक्छ?
चमचमाउँदो तारा
कुनै ताराहरुको सतहमा अकस्मात ज्वारभाटा चल्दा पनि यस्ता रेडियो संकेत ताराबाट आउने सम्भावना रहन्छ।
न्युट्रोन तारा ठोक्किदा
निकै घनत्व भएका दुइ ठुला खगोलीय पिण्ड, न्युट्रोन स्टार एक आपसमा ठोक्किदा पनि यस्तो रेडियो संकेत पैदा हुनजान्छ। यस्तो बेला गामा रे पनि निकै मात्रामा निस्कने गर्दछ।
साथै कुने दुइ ह्वाइट ड्वार्फ एक आपसमा मिल्दा पनि यस्तो रेडियो संकेत आउने गरेको वैज्ञानिक बताउँछन्।

radio signal received (2)
सन् २००७ मा खगोलविद् डुकान लोरिमर र उनको टिमले पत्ता लगाएको रेडियो संकेत। दुई न्युट्रोन तारा ठोक्किएर आएको वा कुनै एलियनको सन्देश पनि हुनेसक्ने बताइएको छ।

पृथ्वी बाहेक अन्य ग्रहमा पनि बौद्धीक जीवन छ भनी अनुमान गर्ने गरिन्छ। तर एलियन जीवन छ भनी अहिले सम्म कुनै ठोस वैज्ञानिक प्रमाण भने भेटिएको छैन। यदाकदा यस्तै रेडियो संकेत भने भेटिने गरेपनि वैज्ञानिकहरु पक्का भएर एलियन जीवन छ भन्न सकेका छैनन्। युएफओ (Unidentified Flying Object -UFO) भेटिएको भन्दै विभिन्न तस्विर र भिडियो भने सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन्। तर हो नै भनी भन्न सकिने स्थिति भने छैन।
किन भेटिदैनन् एलियन?
ब्रह्माण्ड निकै ठुलो भएको र पृथ्वी झै जीवनको सम्भावना बोकेको ग्रह लाखौ हुनसक्ने वैज्ञानिकहरुले बताउँदै गर्दा पनि एलियन जीवको ठोस प्रमाण भेटिएको छैन। कतिपयले एलियनहरु हामीलाइ हेरिरहेको र समय आएपछि आफै देखिन आउने बताउने गरेका छन्। कतिपयले एलियनको प्रविधि हामी भन्दा निकै छुट्टै भएको र हामी र उनीहरु बीच सञ्चार प्रविधि फरक भएकाले नजिकै भएपनि एक अर्काको अस्तित्व थाहा नपाएको हुनसक्ने बताउँछन्।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.