पुष ४। शिक्षक सेवा आयोगले शिक्षक बन्न चाहनेलाई प्रदान गर्दै आएको शिक्षण अनुमतिपत्र (लाइसेन्स) शिक्षकले पढाउने विषयअनुसार वितरण गर्ने तयारी गरेको छ।
आयोगका अध्यक्ष ताना गौतमका अनुसार आयोगका सदस्यबीच यस विषयमा सैद्धान्तिक सहमति भइसकेको छ। उनका अनुसार एक साताभित्रमा यस विषयमा निर्णय गरेर शिक्षामन्त्रीसमक्ष पेस गरिनेछ। आयोगले अहिले जुन विषय पढाउने शिक्षकलाई पनि लाइसेन्सको परीक्षामा एकै प्रकारको प्रश्न सोध्ने गरेको छ।

पहिलो चरणमा विषयगत रूपमा विज्ञान, अंग्रेजी र गणित विषयमा लाइसेन्स वितरण गरिनेछ । शिक्षक बनेर यी तीनबाहेक अन्य विषय पढाउन चाहने व्यक्तिका लागि भने एकै प्रकारको परीक्षा सञ्चालन गरिनेछ।