दीपिकाले बाँधिदिइन् पत्रकारको जुत्ताको तुना

केही दिनअघि अभिनेत्री दीपिका पादुकोण चण्डीगढ पुगेकी थिइन्, आफ्नो फिल्म ‘तमासा’को प्रमोसनका लागि । दीपिकासँगै थिए, अभिनेता रणवीर कपुर पनि । फिल्म प्रमोसनकै दौरान उनीहरूले त्यहाँ पत्रकार भेटघाट कार्यक्रम गरे ।
पत्रकारका जिज्ञासाको जवाफ दिइरहेकै वेला दीपिकाले अचानक सबैलाई आश्चर्यमा पारिदिइन् । कारण थियो, उनी एउटी महिला पत्रकारको जुत्ताको तुना बाँध्न पुग्नु । दीपिकाले ती पत्रकारको जुत्ताको तुना फुस्किएको देखेपछि एक्कासि उनीसामु गएर बाँधिदिएकी थिइन् । दीपिकाले के गर्न खोजिन् भन्ने कुरा सुरुमा ती पत्रकारलाई पनि थाहा भएन ।
तर, एकैछिनमा सबैलाई थाहा भयो, जुत्ताको फुस्किएको तुनामा अल्झिएर जुन कुनै वेला लड्न सक्ने अवस्था देखेपछि दीपिकाले त्यसो गरेकी थिइन् । अन्त्यमा महिला पत्रकारले दीपिकालाई धन्यवाद दिएकी थिइन् ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.