नाकाबन्दीविरुद्ध ‘रक्तिम सांस्कृतिक अभियान’

मंगसिर २१।  भारतको अघोषित नाकाबन्दीको विरुद्धमा थालिएको ‘रक्तिम सांस्कृतिक अभियान’को टोली चितवन आइपुगेको छ ।
नाकाबन्दीले पारेको असरलाई सहन गर्न सक्ने क्षमता विकास गराउने भन्दै मङ्सिर १४ गते पोखराबाट अभियान सुरु भएको थियो । रक्तिम सांस्कृतिक अभियानअन्तर्गत कलाकारले विभिन्न जिल्लामा सडक तथा चोकमा सांगीतिक कार्यक्रम पस्कँदै आएको छ ।
जनवादी गायक जीवन शर्माले अगुवाइ गर्नुभएको टोलीको शनिबारदेखि चितवनमा अभियान चलिरहेको छ ।शनिवार भरतपुरमा साङ्गीतिक कार्यक्रम भएको थियो भने आज रत्ननगरलगायत क्षेत्रमा कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
उक्त अभियानमा राष्ट्रवादी गीत तथा नृत्यहरु प्रस्तुत गरिएको छ । शनिबार भरतपुरका विभिन्न चोकमा कार्यक्रम भएको थियो । आज चितवनको रत्ननगर, पर्सा चोकमा रक्तिम सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने अभियानका अध्यक्ष शर्माले जानकारी दिए ।
सो कार्यक्रममा तेलसित देश नसाट, भूकम्पले भत्काएको मन झन दुखायो नाकाबन्दीले, नेपालीेले सास्ती खायो इतिहासका गलत सन्धिले, सङ्कट पर्दा नहुनु हतासजस्ता उत्प्रेरणामूलक गीत प्रस्तुत भएको थियो ।
शर्माको चर्चित गीत ‘सिमली छायाँमा बसी…’ ले दर्शकलाई उत्साहित पारेको छ । नाकाबन्दी जस्तो विषम परिस्थितिमा गीत तथा नृत्यबाट जनतालाई केही राहत मिल्ने अपेक्षा रक्तिम सांस्कृतिक अभियानले लिएको छ ।
अभियानमा १० जनाको कलाकार टोली सहभागी छन् । चितवनबाट बुटवल, दाङ हुँदै पश्चिमका जिल्लामा जाने आयोजकले बताएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.