आज अन्तरास्ट्रिय एड्स दिवस

 मंसिर १५ । विश्व एड्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । ‘एड्सको महामारीको अन्त्य, दिगो विकासको लक्ष्य’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व एड्स दिवस मनाईंदै छ ।
एचआईभी र एड्स नियन्त्रण तथा रोकथाममा सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखकादिन विश्व एड्स दिवस मनाउने गरिन्छ ।
नेपालमा २९ हजार २१४ मानिस एचआईभीको संक्रमणमा रहेको अनुमान छ । जसमा २५ हजार ४४९ पुरुष र १३ हजार ८०० महिला रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक छ ।
नेपालमा ८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कका माध्यमबाट हुने गरेको बताइन्छ ।
विश्व एड्स दिवसका अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एचआईभी परीक्षण सेवा जोखिममा परेका समुदायको पहुँचमा पुर्‍याई सबै संक्रमितलाई उपचारको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले औषधी उपचार सेवा एन्टिरेट्रोभाइरललाई विस्तार गर्दै संक्रमण देखिएका सबै संक्रमितको घरदैलोमा पु¥याउन हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् । एड्स दिवस मनाउन लागेको २८ वर्ष पुग्दा पनि नेपालले थुप्रै समस्याको सामना गर्नुपरेको भन्दै उनले अबका दिनमा राष्ट्रिय एड्स परिषद् पनि थप सबल भई अब बन्ने रणनीति, नीति, योजना र कार्यक्रममा सहयोग पुर्‍याउने आशा व्यक्त गरेका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.