लजालु पुरुषहरुको शुक्रकिट महिलाको पहिलो रोजाइ

सूचना प्रविधिको आजको युगमा हरेक चिज अनलाइन बजारमै उपलब्ध छन् । क्लिक गरेको भरमा चाहेको कुरा पाउन सकिने जमाना आइसक्यो । मोबाइल, ट्याब, फर्निचर, खानेकुरा, लत्ताकपडा त सामान्य भैसक्यो । इन्टरनेटको बजारमा शुक्रकिट समेत उपलब्ध हुन थालेको छ । इन्टरनेटमै शुक्रकिटको उपलब्धताले होला शुक्रकिट प्रति महिलाको छनौटको अधिकार पनि विस्तार भएको छ र रुची पनि बदलिएको छ । एक अध्ययन अनुसार महिलाहरुले ज्ञानी, स्मार्ट तथा लजालु पुरुषको शुक्रकिटलाई पहिलो रोजाइमा पार्दछन् ।
क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी तथा एक अनलाइन शुक्रकिट ब्यांकद्वारा गरिएको अध्ययनबाट यस्तो खुलासा भएको हो । अध्ययन अनुसार महिलाहरुको पहिलो रोजाइमा यस्ता पुरुषको शुक्रकिट पर्दछ जो बुद्धिमान हुन्छ, लजालु हुन्छ, ठण्डा दिमागले चिन्तन मनन गर्न सक्छ र छिटो रिसाउँदैन ।
शोधकता प्रोफेसर स्टिफेन व्हाइटका अनुसार स्पर्म ब्यांकमा शुक्रकिट दान गर्नका लागि आउने पुरुषहरु मध्ये लजालु पुरुषहरुको माग सबैभन्दा बढि छ ।
यो अध्ययन २३ देखि ६६ वर्ष उमेर समूहका व्यक्तिहरुमा गरिएको थियो । अनलाइन सर्भेका क्रममा समाजको मतलब नराख्ने तथा स्वार्थी र रिसाहा पुरुषहरुको शुक्रकिट लिन महिलाहरुले ठाडै अस्विकार गर्ने गरेको पाइयो । अध्ययनका क्रममा अस्ट्रेलिया, क्यानडा, बेलायत, इटाली, स्विडेन तथा अमेरिकाका महिलाहरुलाई सहभागी गराइएको थियो ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.