नेपाली ज्वाँइ गोविन्दाको प्रेम कहानीः ‘प्रेम निलमसँग, बिहे सुनितासँग’

नेपाली ज्वाँइ भनेर चिनिने बलिउड नायक गोबिन्दा ५४ वर्ष लागेका छन् । उनले सन् १९८६ मा हिन्दी चलचित्र ‘लभ ८६’ बाट करिअर सुरु गरेका थिए ।

जतिबेला उनले करिअर सुरु गरेका थिए, उनको नायिका नीलमसँग प्रेमको चक्कर चलेको थियो । गोबिन्दा निलमसँग विवाह नै गर्ने तयारीमा थिए । तर, उनकी आमालाई यो कुरा मन परेको थिएन । आमाको चाहना थियो कि छोराले निर्देशक आनन्द सिंहकी साली (अहिलेकी श्रीमति) सुनीतासँग बिहे गरोस् ।

गोबिन्दाले आमाको कुरा टार्न सकेनन् र सुनितासँग विवाह गरे । सुनिता काठमाण्डौ मुलपानीमा जन्मेकी थिइन् भने पढाइ लेखाई मुम्बइमा भएको थियो ।

आमाकै आग्रहमा उनले सन् १९८७ मा बिवाह गरे । तर, विवाहको खबर लामो समयसम्म लुकाएर राखे । उनकी छोरी नर्मदा जन्मेपछि मात्रै उनको विवाहको खबर सार्वजनिक भएको थियो । एक म्यागजिनमा अन्तरवार्ता दिदै गोबिन्दाले भनेका थिए-‘मलाई निलमलाई भुल्न निकै गार्‍हो भयो । केहि चलचित्रमा विवाहपछि पनि सँगै काम गरेँ ।’

प्राणलाल मेहताको अफिसमा गोविन्दा र निलमको पहिलो भेट भएको थियो । गोबिन्दाको भनाई अनुसार पहिलो भेटमा निलमले सेतो रंगको सर्ट लगाएकी थिइन् । त्यसमाथि लामो कपालले उनी परि जस्तै देखिएकी थिइन् । उनले हेल्लो भन्दा गोबिन्दा झस्किएका थिए । किनकी गोबिन्दाको अंग्रेजी राम्रो थिएन ।

अंग्रेजी नआएपनि गोबिन्दालाई जोक खुब आउथ्यो । सुटिङ स्पटमा जोक सुनाई सुनाई निलमलाई प्रभावित पारे । निलम पनि गोबिन्दासँग प्रभावित हुँदै गइन् । तर, आमाको रोजाइका कारण गोविन्दा र निलमको बिहे हुन सकेन ।

-अनलाइनखबर

The post नेपाली ज्वाँइ गोविन्दाको प्रेम कहानीः ‘प्रेम निलमसँग, बिहे सुनितासँग’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.