होम कुमारीको गुमिसकेको ८० हजार नगदसहित तीन तोलाको गरगहना यसरी भेटियो

तनहुँ – तनहुँ प्रहरीको विशेष सक्रियता र माइक्रो बस चालकको इमान्दारीताले एक महिलाको गुमिसकेको नगद तथा गहना भेटिएको छ । पोखराबाट दमौली आउन भनि काठमाण्डौं जाने माइक्रो बसमा चढेकी लेखनाथ महानगरपालिका वडा नं. ५ मालेपाटन बस्ने बर्ष ३२ की होम कुमारी बि.क.को गुमिसकेको ८० हजार नगद तथा तीन तोलाको गरगहना भेटिएको हो ।

बुधवार दिउँसो २ः ४५ बजेको समयमा दमौली बजारमा झर्दा नगद तथा गरगहना भएको झोला सोही माइक्रो बसमा छुटेको र माइक्रो बस पत्ता लगाइदिन जिल्ला प्रहरी कार्यालय तनहुँमा मौखिक जानकारी गराए लगत्तै प्रहरीले विशेष सक्रियता बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा राखिएको सिसि क्यामेरा फुटेज हेरी उत्तm समयमा दमौली बजारको राजमार्ग सडकमा चल्ने सवारी साधानहरुलाई निगरानी गर्दा उक्त समयमा पृथ्वीराजमार्ग वस संञ्चालक समितिद्धारा संञ्चालित ग १ ख ५८३९ नं. को माईक्रोबस डुम्रेतर्फ गएको देखिएपछि प्रहरीले तत्कालै समन्वय भूमिकाको लागि अग्रसर भएको तनहुँका डिएसपी एवं सुचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

प्रहरीले तत्कालै उक्त बस संचालक समितिसंग आबश्यक समन्वय गरी पृथ्बीराजमार्ग बस संचालक समितिका कर्मचारीको सहयोगमा माईक्रोबस नं. र चालकको नाम तथा सम्पर्क नं. पत्ता लगाएर सम्पर्क गर्दा पोखरा बस्दै आएका चालक कमल पुलामीले उक्त झोला आफुले इमान्दारिताका साथ राखिदिएको जानकारी गराएका थिए ।

चालक पुलामीले विहीवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर बुझाएपछि प्रहरीले पीडित पक्षलाई हस्तान्तरण गरेको तनहुँका एसपी उमेशराज जोशीले बताए । पीडित पक्षले तनहुँ प्रहरी र चालकलाई विशेष धन्यवाद व्यक्त गरेका थिए । ratopati

The post होम कुमारीको गुमिसकेको ८० हजार नगदसहित तीन तोलाको गरगहना यसरी भेटियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.