सांसद बन्न नपाएपछि करिश्माले छोडिन बाबुरामको साथ !

काठमाडौं, २७ मंसिर । नयाँ शक्ति नेपालकी नेतृ एवम् नायिका करिश्मा मानन्धरको सांसद बन्ने सपना अधुरो रहने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (११) र (१२) मा थ्रेसहोल्डको व्यवस्था गरिएको कारण मानन्धरको सपाना साकार नहुने भएको हो ।

उक्त संवैधानिक प्रावधानमा निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय मान्यता नदिने उल्लेख छ । यसै संवैधानीक व्यवस्थाका कारण नायिका मानन्धर संलग्न दल नयाँ शक्ति नेपाल राष्ट्रिय पार्टी नबन्ने लगभग पक्का भएको छ ।

प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकोले करिश्मा मानन्धरले सांसद बन्नको लागि गरेको कसरत असफल बनेको छ । नयाँ शक्तिले बुझाएको समानुपातिकतर्फको बन्द सूचिमा उनको नाम पहिलो नम्बरमा छ ।

प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् । उनको जितले प्रत्यक्षतर्फ एक सिट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई पार गरेपछि समानुपातिक तर्फ ३ प्रतिशत मत नआउँने देखिएकाले पनि करिश्मा सांसद नबन्ने भएकी हुन ।

बाबुरामको जितसँगै हौसियकी नायिका मानन्धर पछिल्लो समय सांसद बन्नको लागि गृहकार्य थालिसकेकी थिईन । आफू संलग्न पार्टीले नै थ्रेस होल्ड पार गर्न नसकेपछि उनको सपना अधूरो नै रहने पक्का भएको छ । सांसद बन्न नपाएपछि उनले अब बाबुरामसँगको सहकार्य तोड्ने समेत तयारी गरेको स्रोतको दाबी छ ।

रिपोर्टसनेपाल

The post सांसद बन्न नपाएपछि करिश्माले छोडिन बाबुरामको साथ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.