बाटोमा हिडिरहेका युवामाथि शंका लागेर प्रहरीले जाँच गर्दा उनीहरु साच्चिकै फन्दामा परे। चितवनको मंगलपुर-२ बस्ने ५२ वर्षीय दिपक लामा, काभ्रेको पाँचखाल नगरपालिका-१० बस्ने ४८ वर्षीय कान्छा सार्की र काठमाडौं महानगरपालिका-१ सितापाईला डेरा गरी बस्ने सोलुखुम्बुको भकन्जे-६ का ३१ वर्षीय ज्ञानबहादुर बस्नेतलाई २ केजी अबैध लागूऔषध चरेस सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ।
काभ्रेको बनेपा नगरपालिका-१४ स्थित काक्राबारी सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका लामा र सार्कीलाई जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त लागूऔषध फेला परे पश्चात् सोधपुछकाक्रममा बिक्रीमा संलग्न रहेका ज्ञानबहादुर बस्नेतलाई काठमाडौं माछापोखरीबाट प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।
The post बाटोमा हिडिरहेका युवामाथि शंका लागेर प्रहरीले जाँच गर्दा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J 

Post a Comment
Thanks.