प्रचण्ड कार्यकारी राष्ट्रपति बन्ने पक्का ओलीको सरकारमा यस्तो छ नयाँ मन्त्रालयको नमुना…

२८ मंसिर, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच सरकारको नेतृत्व र पार्टीको नेतृत्व कसले लिने भन्ने विषयमा विभिन्न कुराहरु सार्वजनिक भइरहेका छन् । अहिले पार्टी नेतृत्वभन्दा बढि सरकारको नेतृत्वका बारेमा दुवै दलका नेताहरुले फरक फरक अभिव्यक्ति दिएका छन् ।

एमालेका नेताहरुले अबको प्रधानमन्त्री कपी ओली भनेर ठोकुवा गरेका छन् भने माओवादीका नेताहरुले छलफल गरेर टुङ्गो लगाइने बताउँदै आएका छन् ।
सरकार र पार्टीको नेतृत्वबारे दुई दलबिच सहमति हुन नसके वाम गठबन्धनको सरकार नै नबन्ने हो कि भन्नेसम्मका चर्चा चलिरहेको छ । अहिलेसम्मको चुनावी नतिजाअनुसार वाम गबठन्धन दुई तिहाई बहुमतको नजिक पुग्ने देखिएको छ ।

अहिलेसम्मको चुनावी नतिजाअनुसार वाम गबठन्धन दुई तिहाई बहुमतको नजिक पुग्ने देखिएको छ ।

प्रत्यक्षतर्फ दुई तिहाई ल्याउन सफल बाम गठबन्धनले समानुपातिकतर्फ भने दुई तिहाई ल्याउन नसक्ने देखिएको छ । वाम गठबन्धनले दुई तिहाई बहुमत नल्याउने भएपछि सरकार गठनमा अन्य दलको भूमिका पनि महत्वपूर्ण हुने देखिएको छ ।

दुई तिहाई नभएको अवस्थामा साधारण बहुमतका आधारमा सरकार गठन हुँदा नेकपा एमाले र माओवादीकै सरकार बन्छ भन्ने यकिन छैन ।
समानुपातिक निर्वाचनको नतिजा आइसकेको छैन । तर समानुपातिकतर्फ एमालेले बढिमा ४५ सिट ल्याउने देखिएको छ भने माओवादीले १८ सिटसम्म ल्याउने सम्भावना छ ।

प्रत्यक्षतर्फ एमालेले ८० स्थानमा जितेको छ भने माओवादीले ३६ स्थानमा जितेको छ । समानुपातिक र प्रत्यक्षतर्फको मत जित्दा एमाले र माओवादीको १ सय ७९ सिट हुन आउँछ । दुई तिहाई बहुमतका लागि १ सय ८३ सिट चाहिन्छ ।

केपी ओली आफू प्रधानमन्त्री बनेर प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन तयार नभएको अवस्थामा अर्को विकल्प भनेको संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गरेर प्रचण्डलाई राष्ट्रपति बनाउने हो ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको पक्षमा रहेका डा. बाबुराम भट्टराई पनि तत्काल प्रत्यक्ष निर्वाचित नबनाए पनि कार्यकारी राष्ट्रपति बनाउन सहमत हुने सम्भावना छ । त्यसैगरी चित्रबहादुर केसी, नारायणमान विजुक्छे र नेकपा मसाल पनि यसका लागि सहमत भए भने संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुग्न सक्छ ।

एक स्वतन्त्र विजयी उम्मेदवार पनि वाम गठबन्धनकै पक्षमा उभिएकाले १ सय ७९ (अनुमानित) सिटमा करिब ४ सिट थपिने देखिन्छ । यसरी थपिदा दुई तिहाई बहुमत अर्थात १८३ सिट पुगेको अवस्थामा समस्या समाधानका लागि संविधान संशोधन गरेर प्रचण्डलाई राष्ट्रपति पनि बनाउन सक्ने देखिन्छ ।

कार्यकारी राष्ट्रपति प्रचण्डलाई बनाएर पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली बन्ने विषयमा पनि आन्तरिक छलफल भएको बताइएको छ । किनकी प्रचण्डलाई उचित व्यवस्थापन गर्न नसकेको अवस्थामा एमाले र माओवादीबिच पार्टी एकता मात्रै होइन, सरकार गठनका विषयमा पनि विवाद हुन सक्छ ।

यदी माओवादी र एमालेबिच विवाद बढ्यो र सरकार गठन र पार्टी एकता हुन सकेन भने सम्बन्ध विग्रने निश्चित छ । यस्तो अवस्थामा नेकपा एमालेले संघीय समाजवादी फोरमसँग मिलेर पनि सरकार गठन गर्न सक्ने सम्भावना छ । फोरमसँगको मिलनले दुई तिहाई नपुगे पनि सरकार गठनका लागि आवश्यक साधारण बहुमत पुग्न सक्छ ।

एमालेको प्रत्यक्षतर्फको ८० सिट र समानुपातिकतर्फ बढिमा ४५ सिट (अनुमानित) जोड्दा १ सय २५ सिट हुन्छ । सरकार गठनका लागि साधारण बहुमत भनेको १ सय ३८ सिट हो । फोरमले प्रत्यक्षतर्फ १० सिट जितेको छ भने समानुपातिकतर्फको जोड्दा १३ सिट कट्ने निश्चित छ । यसअर्थमा सरकार गठनका लागि एमाले र फोरम मिल्न पनि सक्छन् । यही सम्भावना फोरमको विकल्पमा राजपा पछि छ ।

अर्कोतिरको मजबुत विकल्प भनेको माओवादी र कांग्रेस मिल्नु हो । प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ४२ सिट (अनुमानित) ल्याउने देखिएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले समानुपातिकतर्फ १९ सिट (अनुमानित) ल्याउन सक्छ । दुई दलको जोड्दा १२० सिट हुन आउँछ । सरकार गठनका लागि आवश्यक साधारण बहुमत पुग्न १८ सिट आवश्यक पर्छ । त्यसको पुर्तिसमेत फोरम वा राजपाबाट हुन सक्छ ।
त्यसैले एमाले प्रतिपक्षमा पुग्ने अनुमान पनि अन्यथा हुँदैन ।

तर यि सबै सम्भावनाको पछाडि एमाले र माओवादीबिचको सम्बन्ध प्रत्यक्ष जोडिएको छ । दुई दलबिच कुनै विवाद नभै पार्टी एकत भए वा पार्टी एकता नभए पनि सरकार गठनमा कुरा मिलेको खण्डमा बाँकी सम्भावना सबै ओझेलमा पर्छ । यही नै देश र जनताका लागि हितकर हुने छ ।

माओवादी नेता चक्रपाणी खनालले नेता नमिले जनताले नछाड्ने चेतावनी दिएका छन् । नेकपा एमाले नेता महेश बस्नेतले केपी शर्मा ओली नै प्रधानमन्त्री बताएका छन् । खनालले भने छलफलपछि टुङ्गो लगाउन बताएका छन् । यस अर्थमा दुई दलबिचमा सबै कुरा मिलिसकेको छैन ।

वाम गठबन्धनलाई पार्टी एकताको मैदानमा सहज अवतरणका लागि केपी ओली प्रधानमन्त्री र प्रचण्डलाई पार्टी अध्यक्ष दिनु नै अहिलेको विकल्प देखिएको छ । समाचार स्रोत :-सिधासमाचारबाट

The post प्रचण्ड कार्यकारी राष्ट्रपति बन्ने पक्का ओलीको सरकारमा यस्तो छ नयाँ मन्त्रालयको नमुना… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.