काठमाडौं। पछिल्लो समय एक जोडीको बिहे निकै चर्चामा छ । मायामा उमेर हेरिँदैन भन्ने उखान चरितार्थ गर्ने यो बिहे ६२ वर्षका बृद्ध र १८ वर्षकी युवतीबीच भएको हो । इण्डोनेसियाको गोवामा बस्ने यी दुईको बिहेले अहिले इन्टरनेटमा निकै चर्चा पाइरहेको छ ।
त्यहाँको एक वेबसाइटले जनाएअनुसार ६२ वर्षीया सुलेमान डाएंग नगम्पा आफ्नी नवविवाहित पत्नी डायना डायंग नगनियांगकहाँ चक्कु किन्न जाँदा उनीहरुको प्रेम सुरु भएको थियो । सुलेमान ५ छोराछोरी र ९ नातिनातिनीका अभिभावक हुन् । केही समयअघि उनकी पत्नीको मृत्यु भएको थियो ।
पत्नीको मृत्युपछि स्थानीइ लोहारको घरमा चक्कुलगायत फलामका सामान किन्न गइराख्ने सुलेमानको लोहारकी छोरी डायनासँग प्रेम भयो । एक वर्षको प्रेमपछि उनीहरुले गएको १६ जुलाइमा बिहे गरेका हुन् । dcnepal
The post चक्कु किन्दा माया बसेपछि उमेरले छेकेन… appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.