अनौठो खबर ! ३ बर्ष पछी फेरी जन्मिए डुबेर मरेको दिलिप ! यसरी खुल्यो अनौठो रहश्य!

एजेन्सीको सहयोगमा | घटना छिमेकी मुलुक भारतको हो । उत्तर प्रदेशको लखीमपुर स्थित मक्कागन्ज गाउँमा एउटा अचम्मको घटना घटेको छ जुन घटनाले अचम्मित नबन्ने मानिस सायदै कम होलान् । त्यहाँ १५ अगस्ट २०१५ मा जन्मिएको एक ३ बर्षको बालकले आफ्नो पुनर्जन्मको कहानी सुनाउन थाल्यो (बालकको नाम जितन हो)।

उसको कुरा सुनेर उसको परिवार तथा गाउँका मानिसहरु निकै अचम्मित भएका छन् । उक्त बच्चा १५ अगस्ट २०१७ मा जब २ बर्ष पुरा भएर ३ लाग्यो तब उसले बोल्न सुरु गरेको थियो । तब बिस्तारै उसले आफ्नै घरलाई आफ्नो नभनी भोलापुरको नाम लिन थाल्यो । कुरा त्यति मात्र भएन उसलाई जन्म दिने आमा बुबालाई समेत उसले आमा बुबा भनेन । त्यसो त रक्षाबन्धनको दिन उसले आफ्नै बहिनीलाई समेत ‘राखी’ बाध्न दिएन, उसले भने ‘मेरो बहिनी भोलापुरमा छ ।’

भर्खरै बोल्न थालेको बच्चाले आफ्नो घरलाई घर नभनेर अहिलेसम्म उसले नदेखेको ठाउँलाई आफ्नो घर भएको बताएपछी उसको परिवार अचम्मित भयो । उसले जहिलेपनि आफ्नो घर भोलापुर भएको बताएपछी त्यसको सत्यता बुझ्न उसको आमा-बुबाले उसले बताए बमोजिमको ठाउँमा लगिदिए । जुन पत्याउनै पर्ने सत्यता बन्यो किनकी उसले बताए अनुसार भोलापुरमा एक बिदेशीको छोरा ३० बर्षको उमेरमा मृत्यु भएको र उसकै पुनर्जन्म भएको भन्ने कुरा पत्याउनुपर्ने आधार बन्यो । भोलापुर पुगेका ति तीन बर्षीय बालकले पूर्व जन्मको कुरा मात्र भनेनन् त्यस गाउँका सबै मान्छेलाई पहिचान समेत गरिदियो ।

भोलापुरको एक विदेशीको घरमा पुग्नासाथ उसले कराएर भन्यो- ”यही मेरो बुबा हो ।” उसले विदेशीको श्रीमतीलाई समेत आफ्नो आमा भन्दै अंगाल्न पुग्यो । तीन बर्षको बच्चा आफ्नै आमा-बुबालाई आफ्नो नमानी अर्कैलाई आमाबुबा मानेर झुम्मिएपछी दुवै परिवार मात्र नभई घाटनालाई नजिकबाट हेर्ने गाउँलेहरु समेत चकित भए । त्यसमा पनि चिन्दै नचिनेको गाउँको मान्छेहरुको बारेमा उसले सोध-खोज गर्न थाल्यो । वास्तविकता बुझ्न बिदेशीको श्रीमतीले उसलाई (माइती) मामाघर लिएर गइन् । त्यहाँपनि बालकले हजुरआमा, मामा र सबै परिवारलाई सजिलै चिन्यो र उनीहरुको नामनै बताईदियो ।

भोलापुर पुगेको उक्त बच्चालाई त्यहाँबाट फर्काउन उसको वास्तविक बुबा-आमाले कोशिस गरे तर बच्चा भने फर्किन मानेन । जितन नाम राखिएको बालक आफ्नो नाम दिलिप भएको बताउँछन् ।

पुनर्जन्मको रहश्य यस्तो
भोलापुर जहाँ उक्त बच्चाले आफ्नो घर बताउँछ, त्यस गाउँका विदेशीले बताए अनुसार उसको छोरा दिलीप ठेकेदारीमा काम गर्न ब्यांग्लोर गएको थियो । तर १७ मे २०१२ को दिन समुन्द्रमा नुहाउने क्रममा उसको डुबेर मृत्यु भएको थियो । त्यतिबेला बिदेशीको छोराको उमेर ३० बर्षको थियो । घरबाट धेरै टाढा मृत्यु भएकाले उसको शव घर नल्याई उतै अन्तिम संस्कार गरिएको थियो ।

The post अनौठो खबर ! ३ बर्ष पछी फेरी जन्मिए डुबेर मरेको दिलिप ! यसरी खुल्यो अनौठो रहश्य! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.