यी कार्य र खानेकुराले पुरुषत्व घटाउछ: सावधान

विषादी मिसिएको फलफुल तथा सागसब्जी
विषादी मिसिएको फलफुलले वीर्यको मात्रा घट्ने मात्र होइन त्यसको शक्ति पनि कम्जोरहुने भएकोले फलफुल र सागपात खानुअगाडि राम्रोसँग पखालेर खानुहोस । उच्च विषादी मिसिएको फलफुल र सागपात खाने मानिसहरुमा त्यस्तो नखाने मानिसको तुलनामा ४९ प्रतिशत वीर्य कम भएको एक अध्ययनले देखाएको छ ।
तुलसी
अवश्य पनि तुलसी पातको स्वास्थ्यमा धेरै फाइदा छन् । यसको धार्मिक महत्व पनि छदैछ । तर तुलसीको पात खाँदा वीर्यको मात्र हवात्तै हस आउने अनुसन्धानकर्ताहरुले हालै दाबी गरेका छन् दुई महिनासम्म खरायोमा गरेको एक अध्ययनमा उनीहरुले यस्तो निस्कर्ष निकालेका हुन् ।
केमोथेरापी
केमोथेरापी गरेका विरामीहरुमा पनि वीर्य हस हुने वैज्ञानिकहरुले बताएका छन् ।केमोथेरापी गरेका व्यक्तिमध्ये नगन्यको मात्र पाँच÷सात वर्षपछि वीर्यको मात्रामा सुधार आएको युनिर्भसिटी अफ टेक्साजका अनुसन्धानकर्ताहरुले बताएका छन् ।
निकोटिनः
चुरोट सुर्तीमा हुने निकोटिनले पनि तपाईको वीर्यमा प्रभाव पार्ने गर्छ । वैज्ञानिकहरुका अनुसार निकोटिनयुक्त कूलतमा फसेका पुरुषहरु बाँझोपनको शिकार हुन्छन् ।
एस्पिरिन
एस्पिरिन लिनुभन्दा अगाडि दुई पटक सोच्नुहोस । सातामा एक पटक ५ सय एमजीको एस्पिरिन खाने चिकित्साशास्त्रका विद्यार्थीमा अन्यको तुलनामा धेरैमात्रामा वीर्य नास भएको नेसनल युनिर्भसिटी अफ कोर्डोबाको एक अध्ययनमा उल्लेख छ ।
 मोबाईल फोनको विकिरण
तपाई मोबाईल फोन बिना जीवनलाई असम्भव देखिरहेकै बेला मोवाईमा हुने विद्युतीय चुम्बकीय विकिरणको निरन्तर एक्सपोजले वीर्यको गुणस्तरमा गम्भीर प्रभाव पार्ने वैज्ञानिकहरु बताउछन् । तसर्थ लामो समय पकेटमा मोवाई पनि नराख्नुहोस ।
साइकलिङ
वैज्ञानिकहरुका अनुसार नियमित साइकल चलाउने पुरुषमा वीर्यको मात्रा कमि र क्षमता पनि कम्जोर हुन्छ ।
मोटोपन
मोटोपनले यौन जीवन मात्र होइन वीर्यको गुणस्तरमा पनि गम्भीर अशर गर्ने वैज्ञानिकहरु बताउछन् ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.