यी सपना जसले मिर्त्युलाई संकेत गर्छन



 सपनालाई भविष्यमा हुन सक्ने सम्भावित घटनाहरूको संकेत मानिन्छ । रामायण र महाभारतमा पनि सपनामा प्राप्त हुने संकेतबारे बताइएको छ । भगवान् रामले दशरथको मृत्युको समय एक अशुभ सपना देखेर अनुमान लगाएका थिए की राजदरबारमा केही अशुभ घटना घटेको छ । यसरी सपनामा देखिन अशूभ संकेतहरूले मानिसको भविष्यमा केही अशुभ क्षण या मृत्यु समेत हुन सक्ने सम्भावना रहेको बताइन्छ । केही यस्ता अशुभ सपनाहरू जसले मानिसको मृत्युतर्फ संकेत गर्छ । थाहा पाँऔ ती सपनाहरू जसले मानिसको मृत्युतर्फ संकेत गर्छ :

– सपनामा काग देख्नुलाई अशुभ मानिन्छ । यसलाई मृत्यु नजिकै रहेको संकेतको रूपमा समेत लिइन्छ ।
– आफू यात्रामा हिडिरहेको देख्नुलाई पनि राम्रो सपना मानिदैन । जुन रात यस्तो सपना देखिन्छ त्यसपछी आउने दिनमा यदी कतै यात्रामा जानु छ भने त्यसलाई रद्द गर्नाले दोष काटिने विश्वास गरिन्छ ।
– सपनामा ढोल तथा अन्य बाजा बजिरहेको देख्नु पनि राम्रो मानिँदैन । यस्तै, आफ्नो टाउको मुण्डन गरिरहेको देखेमा परिवारका कसैको मृत्यु हुन सक्ने मानिन्छ ।
– सपनामा कुनै स्त्री आएर मानिसलाई सुकेको फूलको माला लगाइदिन्छिन् भने यसलाई पनि अशुभ मानिन्छ ।
– सपनामा तेल लगाउनु र गधामा बसेर हिड्नुलाई मृत्यु सूचक मानिन्छ ।
– यदी कुनै स्त्री सपनामा आफूलाई सेतो कपडामा फूका कपालमा देख्नाले यसलाई वियोगको संकेत मानिन्छ ।
– निर्वस्त्र स्त्रीको अंगालोमा बाधिएको देख्नुलाई मृत्यु नजिक रहेको मानिन्छ ।
– देवी देउताको चर्किएको या फुटेको मुर्ति सपनामा देख्नुलाई अशुभ मानिन्छ ।
– रूख आफै ढलेको वा आफू माथिबाट खसेको देख्नुलाई पनि राम्रो संकेत मानिँदैन ।
– पटक-पटक मृत्यु या घाटमा रहेको सपना देख्नुलाई पनि मृत्यु नजिकिएको संकेत मानिन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.