टि्वटरमा अब छिटै १० हजार अक्षरको टि्वट गर्न सकिने

माइक्रोब्लगिंग साइट टि्वटरले टि्वट्समा रहँदै आएको १४० क्यारेक्टर्सको सीमालाई बढाएर छिटै १० हजार पूराउने तयारी गरिरहेको छ ।
प्रविधि सम्बन्धी एक समाचार साइटको रिपोर्ट अनुसार १० हजार क्यारेक्टर्सको सीमा तय भएसँगै प्रयोगकर्ताले शव्दको बीचका स्पेस तथा विभिन्न चिन्हहरु सँगै १ हजार भन्दा बढि शव्दहरुको टि्वट गर्न सक्नेछन् ।
टि्वटरले यो फिचर ठ्याक्कै कुन दिन लन्च गर्नेहो त्यो त खुलेको छैन तर आगामी मार्च महिनासम्ममा सीमालाई बढाएर १ हजार अक्षरमा पूराउने विषयमा टि्वटरले तयारी गरिरहेको बताइएको छ ।
परीक्षणको रुपमा टि्वटरले क्यारेक्टर्स लिमिट १० हजार भन्दा तलमाथि पारेर पनि नयाँ फिचर लन्च गर्नसक्ने अनुमान गरिएको छ ।
टि्वटरका सहसस्थापक तथा सिइओ ज्याक डोर्सीले भनेका छन् की प्रयोगकर्ताहरु १४० अक्षरको सिमाका कारण टि्वट लेख्नुको साटो कुनैपनि सामाग्रीको स्क्रिनसट खिचेर टि्वटर गर्न बाध्य छन् ।
यस्तो बाध्यताबाट प्रयोगकर्तालाई मुक्त गर्न तथा मानिसहरुलाई अझै सुविधा प्रदान गर्नका लागि टि्वटरलाई थप उत्कृष्ट बनाउन पछि नहट्ने उनले बताए । प्रयोगकर्ताले के चाहन्छन् ? भन्ने कुरा हेर्न आफुहरुले चाहेको उनको भनाइ छ ।
समाचार साइट Re/Code का अनुसार टि्वटरले आफ्नो टाइमलाइनको लुक्समा भने परिवर्तन गर्नेछैन । त्यसैले प्रयोगकर्ताले टि्वट गर्दा सुरुमा १४० क्यारेक्टर्सकै अप्सन देखिनेछ र यदि टि्वट लम्बाउन चाहेमा एक अप्सनमा क्लिक गर्नुपर्नेछ र तब प्रयोगकर्ताका लागि लामो टि्वट लेख्ने ठाउँ प्राप्त हुनेछ ।
नयाँ सिइओमा डोर्सी नियुक्त भएसँगै टि्वटरले केही नयाँपन देखाउँदै आएको छ । पछिल्लोपटक टि्वटरले Moments फिचर सुरु गरेको छ । पोल फिचर थप गर्नुका साथै Buy बटन पनि थप गरेको छ । त्यस्तै ताराको आकृतिवाला “avorite बटनलाई हटाएर मुटुको आकृतिवाला Like बटन राखेको छ ।
गत मंगलबार धेरै टि्वटर प्रयोगकर्ताले टि्वटरलाई टि्वटको लिमिट बढाउन दबाब दिँदै#Beyond140 ह्यासट्यागलाई ट्रेन्डिंग गरेका थिए 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.