आज माघे संक्रान्ति

माघ १ । घिउ, चाकु, तरुल र तिलको लड्डु जस्ता पोषिलो खाद्य पदार्थ खाएर आज मुलुकभर नेपालीहरुले माघे संक्रान्ति पर्व मनाउँदै छन् ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिन माघ १ गते मकर संक्रान्ति अर्थात् माघे संक्रान्ति पर्व मनाउने गरिन्छ । यस पर्वमा मुलुकका उपत्यका, तराई र पहाडका मानिसले पवित्र नदीवा तीर्थस्थलमा स्नान गरी देवी देवताको पूजा अर्चनाका साथ घिउ, चाकु, तरुल, सख्खरमा तील मिसाई बनाइएको लड्डु प्रसादका रुपमा खाने गर्दछन् ।
थारु समुदायमा पनि यो चाड धुमधामका साथ मनाउने परम्परा छ । उनीहरु यसलाई नयाँ वर्षको रुपमा पनि मनाउँछन् ।
नेवार समुदायमा भने ती खाद्य बस्तुहरुका साथमा सिद्रा, माछा पनि खाने परम्परा छ ।
माघे संक्रान्तिका दिन आज देशका विभिन्न तीर्थस्थलहरुमा मेला लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगम तीर्थस्थल देवघाटधाममा मेला भर्नेको घुईंचो लागेको छ । मेला भर्न बिहानदेखि नै देशका विभिन्न क्षेत्र र भारतबाट हजारौं तीर्थालु देवघाट पुगेका छन् ।
यस्तै नेपालकै चार धाममध्ये एक रिडीको रुरुक्षेत्रमा कालीगण्डकीमा स्नान गरी पूजाआजा गर्ने भक्तजनको भिड लागेको छ । माघे संक्रान्तिका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु रिडी क्षेत्रमै रहेको ऋषिकेशव मन्दिरमा पुजाआजा गर्ने श्रद्धालुको लाम लागेको हो ।
यस्तै सिन्धुलीको कमला र गौमती नदीकोे संगमस्थलमा अवस्थित ऐतिहासिक तथा पवित्र प्रशिद्ध धार्मिक तिर्थस्थल कमलामाईस्थानमा मकर संक्रान्तिको मेला शुरु भएको छ । पवित्र कमला नदीमा स्थान गरी कमलामाईस्थानमा पूजा अर्चना गरी पाठी, परेवा, कुखुरा र हासको वली चढाएर भाकल समेत पुरा गरेका छन् ।
यसैबीच ताप्लेजुङ, पाँचथर र तेह्रथुम जिल्लाका बासिन्दाले काबेली नदीमा पूजाआजा गरेका छन् । काबेली नदीलाई काबेली माईदेवीका रूपमा मान्ने गरिन्छ । यहाँ स्नान गरी पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विस्वास गरिन्छ ।
यस्तै इलामको माइबेनीमा पनि आज मेला लागेको छ । मेलामा धाननाच, चण्डीनाच, बालन, संगिनी, मारूनी नाच जस्ता परम्परागत नृत्य पनि प्रस्तुत गर्ने गरिन्छ ।
यसैगरी आज झापाको प्रसिद्ध कन्काई नदीमा हिन्दू धर्मावलम्बीले मकर स्नान गरेका गर्छन् । माघे संक्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवम् संस्कृतिअनुरूप धाननाच देखाइने प्रचलन छ ।
सुनसरीको प्रसिद्ध धार्मिक तीर्थस्थल बराह क्षेत्रमा पनि बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गरिरहेका छन् ।
यसैबीच माघे संक्रान्ति पर्वका अवसरमा नुवाकोटको तारुका गाविसमा गोरु जुघाउने प्रतियोगिता आयोजना गरिँदै छ । यस पटकको प्रतियोगितामा १५ हल गोरु सहभागी गराईंदै छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.