कण्डोमबारे अनौठा तथ्य

कण्डोमको प्रयोग
फ्रान्सको एक गुफामा यसको आकार बनाइएको पाइयो । मानिन्छ कण्डोमको प्रयोग पन्ध्र हजार वर्ष पहिलेदेखि हुँदै आएको छ । स्वीडेनमा पनि सबैभन्दा पूरानो कण्डोम पाईएको थियो । कण्डोम पाउन पहिले निकै मुस्किल पर्थ्यो ।
अमेरिकामा डाक्टरको प्रेस्किप्सनपछिमात्रै कण्डोमको प्रयोग सम्भव हुन्थ्यो । यसलाई सन १९२८ बाट वेंडिङ मेसिनबाट निकालिएको हो । साथै सोची ओलम्पिकका दौरान खेलाडिहरुका लागि ओलम्पिक भिलेजमा एक लाख कण्डोम लगिएको थियो ।
कण्डोमको आविरष्कार
१६औं शताब्दीमा कण्डोमको आविरष्कार साइफलिसको बीमारी रोक्नका लागि गरिएको थियो । त्यतिबेला फ्रान्समा कैयन मानिस गुप्त रोग ‘साइफलिस’बाट मरिरहेका थिए । त्यतिबेलासम्म यो रोगको कुनै उपचार सम्भव भएको थिएन ।
ग्याबरियल फ्यालेपियोले यसको उपचार पत्ता लगाउन प्रयास गरे । उनले लिनन शीथ्सको एक केमिकल सोल्यूसनमा मिलाए, फेरि सुकाए । यो शीथ्सलाई पुरुषको लिंगमा लगाइयो अनि रिबनले बाँधियो । यसको प्रयोगबाट शारिरीक सम्बन्धका दौरान पनि साइफलिस हुन छाड्यो ।
 कण्डोममा प्रयोग हुने मेटिरियल प्राय बदलिइरहन्छ । कहिले यसलाई लेटेक्सबाट बनाइन्छ भने, कहिले विभिन्न जनावरका आन्द्राको प्रयोग यसमा गरिन्छ । यसलाईपछि लिनन, स्लिक तथा लेदरबाट बनाउने कोशिशसमेत भइसकेको छ ।
जनावरको आन्द्राबाट कण्डोम 
सोह्रौं शताब्दीमा कण्डोम जनावरको आन्द्राबाट बनाइन्थ्यो । सोही कारण कण्डोम एकदमै महङ्गो पर्थ्यो, यसको प्रयोग कतिपयले दुई पटकसम्म गर्थे । उन्नाइसौ शताब्दीमा यो यति सस्तियो कि मानिसहरुले यसलाई एक पटक प्रयोग गरेर फ्याँक्न थाले । विस्तारै यो युज एण्ड थ्रो का लागि नै बनाउन थालियो ।
यसलाई दुनियाँभरमा कैयन सेलिब्रेटीहरुले समर्थन गरेका छन् । सेफ सेक्सलाई बढावा दिनका लागि यसको जोडतोडका साथ प्रचार र प्रवर्द्धन हुँदै आएको छ । के तपाईंलाई थाहा छ, मोर्डन कण्डममा एक ग्यालेन पानीसमेत अटाउन सक्छ । यसको प्रयोग सैनिकहरुले राईफललाई पानीबाट बचाउन तथा आगो सल्काउन पनि गर्ने गरेका छन् ।
आकार र टाइपमा परिवर्तन
पछिल्लो केही दशक यता कण्डोमको आकार र टाइपमा निकै परिवर्तन आएको छ । यतिसम्म कि अहिले त कण्डोमहरु विभिन्न फ्लेबरदेखि लिएर अलगअलग प्रकारका लुब्रिकेटिड (आयल/ग्रीज)मा बजारमा उपलब्ध छ । यसलाई पहिले निकै नै गोप्य साधनका रुपमा लिइन्थ्यो तर अहिले आएर यो निकै सामान्य बनिसकेको छ ।
इन्भिजिवल कण्डम
इन्भिजिवल कण्डम बनाउनका लागि निरन्तर प्रयास जारी छ । यसलाई लगाउने बित्तिकै लिंगमा भएको तापक्रमका कारण त्यो त्यहीँ फिट हुन्छ र सुरक्षा पनि दिन्छ । प्रयोगपछि त्यसलाई निकाल्न पनि सकियोस् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.