लुम्बिनीमा एक महिलाले जन्माइन् एकैपल्ट ४ सन्तान

माघ १।  लुम्बिनी मेडिकलल कलेजको अस्पतालमा एक महिलाले एकैपल्ट ४ सन्तान जन्माएकी छिन् । गुल्मी, रातापोखरी –२ की गीता कुँवरले दुई छोरा र दुई छोरी जन्माएकी हुन् । बिहीवार शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।

सबै शिशुको स्वास्थ्य सामान्य रहेको शल्यक्रियामा संलग्न डाक्टर बबिता थापाले बताएकी छिन् । दुई महिनाअघि नियमित परीक्षणको क्रममा उनको कोखमा ४ बच्चा रहेको थाहा भएको थियो । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा बुद्धिकुमार श्रेष्ठले ४ सन्तान कोखमा रहेको थाहा पाएपछि डाक्टरको निगरानीमा बस्न गीतालाई सुझाएका थिए । सोही अनुसार उनी दुई महिनादेखि अस्पतालको निगरानीमा थिइन् ।

शल्यक्रियामा डा बबितासहित डा श्रेयषी अर्याल, डा दिपक श्रेष्ठ, एनेस्थेसिया विशेषज्ञ डा कल्पना खरबुजा, बालरोग विशेषज्ञ डा किरण पन्थी, डा सेविना बानियाँ लगायत संलग्न थिए । पहिलो छोराको १.५ किलोग्राम, दोस्रो छोराको १.२८, तेस्रो छोरी १.७३ र चौथो छोरीको १.२१ किलोग्राम तौल रहेको चिकित्सकले जनाएका छन् ।
जनक कुँवरले एकसाथ चार स्वस्थ सन्तानको बाबु हुन पाउँदा हर्ष महशुस भएको बताउँदै यसका लागि डाक्टरले गरेको सहयोगका लागि धन्यवाद दिए ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.